Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

साताको अन्तिम कारोबार दिन दोहोरो अङ्कले घट्यो शेयर बजार


७ वैशाख, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ७३ अङ्कले ओरालो लागेर एक हजार नौ सय चार दशमलव ४० मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७९ अङ्कले ओरालो लागेर तीन सय ६३ दशमलव १२ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूह शेयर मूल्यमा गिरावट आएको छ ।

बुधबार वृद्धि आज कायम हुन नसक्दा कारोबार रकममा पनि कुनै वृद्धि भएन । कूल ३२ लाख नौ हजार दुई सय १४ कित्ता शेयर रु ९८ करोड ३३ लाख ६७ हजार तीन सय ११ मूल्यमा खरिद बिक्री भएका छन् ।

नेप्सेका अनुसार कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु पाँच करोड ७५ लाख ४३ हजार चार सय २५ बराबरको कारोबार भएको छ । कुमारी बैंकको संस्थापक शेयर रु तीन करोड ५३ लाख ८६ हजार चार सय ८०, एशियन लाइफ इन्स्योरेन्स रु तीन करोड ३३ लाख ७७ हजार पाँच सय १५,सट्याण्र्डड चार्टर्ड बैंक रु तीन करोड ३३ लाख ३८ हजार आठ सय २५ र एभरेष्ट बैंकको रु दुई करोड ९१ लाख ७६ हजार एक सय ९८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, कालिञ्चोक दर्शनको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मोलुङ हाइड्रोपावर नौ दशमलव ९६, सनराइज ब्ल्यूचिप फण्ड सात दशमलव शून्य छ, सनराइज फस्ट म्युचुअल फण्ड तीन दशमलव ९२ र एभरेष्ट बैंकको शेयर मूल्य तीन दशमलव ६० प्रतिशतले बढेको छ ।

यस्तै, आर्दश लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड दोस्रोको पनि नकारात्मक सर्किट लागेको छ । सिटिजन म्युचुअल फण्ड दोस्रो नौ दशमलव शून्य तीन, समालिङ पावर कम्पनी आठ दशमलब २७ र निर्धन उत्थान लघुवित्तको शेयर मूल्य चार दशमलव १० प्रतिशतले घटेको छ ।


प्रकाशित मिति: ७ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?