३२ श्रावण, काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार प्रतितोला १०० रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला ८०० रुपैयाँले घटेको हो । मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको
३२ श्रावण, कैलाली । कैलालीको टीकापुरमा व्यावसायिकरूपमा मस्यौरा र गुन्द्रुक उत्पादन गर्दै आएका महिला उद्यमीले अचारसमेत उत्पादन थालेका छन् । उनीहरुले यसपटक आँपको अचार साढे सात क्विन्टल र गल्का एक क्विन्टल उत्पादन गरेका छन् । यसका साथै उनीहरु तामा, निउरो, हरियो खुर्सानी, करेला, मेथी, कुखुरा र सिद्राको अचार उत्पादनमा व्यवस्त छन्
३२ श्रावण, पोखरा । हस्पिटालिटी क्षेत्रमा चार दशक अनुभव सँगालेको बाराही ग्रुपले पोखराको सेदीमा रु छ अर्बको लगानीमा पाँचतारे होटल सञ्चालनको तयारी गरेको छ । बाराही ग्रुपको नेतृत्वमा निर्माणाधीन उक्त होटल सन् २०२६ भित्र सञ्चालनमा ल्याइने भएको छ । कम्पनीले काठमाडौँमा पत्रकार सम्मेलन गरी बाराहीले एक हजार दुई सय जना क्षमताको
३२ श्रावण, काठमाडाैँ । राष्ट्रिय बीमा संस्थान अब पब्लिक लिमिटेड कम्पनी बन्ने भएको छ । संस्थानले भदौ १५ गते विशेष साधारण सभाको आयोजना गरी कम्पनीमा लाने तयारी गरेको हो । संस्थानको साउन २७ गते बसेको बैठकले साधारण सभाको आयोजना गरेको हो । सभाले कम्पनीमा लाने निर्णय गर्ने र प्रवन्ध-पत्र र
३२ ,श्रावण ,काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल विकासक्रममै रहेकाले देशमा धेरै कुरा गर्न बाँकी रहेकाे बताउनु भएको छ । राष्ट्र निर्माण मञ्च नेपालले आयोजना गरेको उद्दमशील युवा सृजनशील युवा बिषयक अन्तर्क्रियामा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, ‘यहाँ धेरै अवसर छन्, यो अवसर हेर्ने सुष्म आँखा चाहिँयो ।’ विदेश जानेवित्तिकै
३२ श्रावण, एजेन्सी । सिरियाली राष्ट्रपति बसर अल असदले मङ्गलबार शतप्रतिशत तलब वृद्धि गर्न आदेश दिएका छन् । सरकारले इन्धनको मूल्य उच्च अङ्कले वृद्धि गरेपछि सरकारद्वारा दिने मासिक तलबमानमा पनि वृद्धि गर्न राष्ट्रपतिले निर्देशन दिएका हुन् । सन् २०११ मा सिरियाली युद्ध सुरु भएयता राज्यका कर्मचारी, अवकाशप्राप्त र सैनिक कर्मचारीको
३२ ,श्रावण ,मलेखु (धादिङ) । धादिङमा विद्युत्को बक्यौता उच्च देखिएको छ । नेपाल विद्युत् प्राधिकरण धादिङ शाखाका अनुसार जिल्लामा रु ४१ करोड ३८ लाख ४५ हजार विद्युत् महसुल उठ्न बाँकी छ । प्राधिकरण धादिङ शाखाका प्रमुख माधव न्यौपानेका अनुसार धुनिबेँसी नगरपालिकामा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगले मात्र रु २७ करोड ५९
३१ श्रावण, कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिकाको बजेट कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको छ । मनोमानी ढङ्गले बजेट विनियोजन गरिएको भन्दै नगरपालिकाविरुद्ध वडाध्यक्षहरूले उच्च अदालत सुर्खेत जुम्ला इजलासमा मुद्दा दायर गरेका थिए । न्यायाधीश नवराज थपलियाको एकल इजलासले आर्थिक वर्ष २०८०/८१ को कुनै पनि बजेट कार्यान्वयन नगर्न विपक्षीका नाममा
३१ श्रावण, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रको विकासमा अपेक्षित प्रतिफल प्राप्त गर्न सामाजिक सुरक्षा योजनालाई एकीकृत अवधारणाअन्तर्गत समाहित गर्दै सघन अभियानका रुपमा सञ्चालन गरिने बताएका छन् । सामाजिक सुरक्षा कोषद्वारा आज यहाँ आयोजित अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन
३१ श्रावण, काठमाडाैँ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुवाहक र मालवाहक सवारीको नयाँ भाडादर तोकेको हो । तोकिएको भाडादर अनुसार अब यात्रुवाहक सवारी साधनको भाडा ४.७० प्रतिशतले वृद्धि भएको छ । पहाडी बाटोमा