Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

क्यान्सरपीडितको उपचारका लागि अक्षयकोष स्थापना


२६ ,भाद्र ,वालिङ (स्याङ्जा) । स्याङ्जाका एक समाजसेवीले क्यान्सरपीडित विपन्न परिवारको उपचारमा सहयोग गर्ने हेतुले अक्षयकोष स्थापना गरेका छन् ।

आँधीखोला गाउँपालिका–३ का कृष्णप्रसाद शास्त्री पौडेलले परिवारजनको स्मृतिमा रु आठ लाखको अक्षयकोष स्थापना गरेका हुन् ।

उनले अक्षयकोष स्थापना गर्नका लागि उक्त रकम गाउँपालिकालाई हस्तान्तरण गरे ।

पौडेलले आफ्ना बुबा स्व टीकाराम पौडेल, आमा स्व हरिकला पौडेल र धर्मपत्नी स्व लीलादेवी पौडेलको स्मृतिमा ‘हरिटिका लीला स्वास्थ्य उपचार अक्षयकोष’ स्थापना गरेका हुन् ।

आँधीखोला गाउँपालिका मातहतको सेतीदोभान आधारभूत अस्पतालमा स्थापना भएको अक्षयकोष गाउँपालिकामार्फत सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले बताए ।

“गाउँपालिकाले कार्यविधि बनाइसकेकाले सोही कार्यविधिमा टेकेर पहिलो चरणमा क्यान्सर पीडित विपन्न नागरिकलाई सहयोग गर्छौं”, उनले भने ।


प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?