Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

कैदीबन्दीले बुनेका मुढा चीन निर्यात


२६ भदाै, तनहुँ । तनहुँको सदरमुकामस्थित दमौली कारागारमा रहेका कैदीबन्दीले बुनेका मुढा चीन निर्यात हुन थालेको छ। गत साउनको अन्तिम साता पहिलो पटक मुढा चीन निर्यात भएको सो कारागार प्रशासनले जनाएको छ।

यहाँका कैदीबन्दीले बुनेका मुढा आर्कषक र बलियो हुने भएपछि माग बढ्ने गरेको कारागारका चौकीदार रामकुमार बस्यालले जानकारी दिए।

बाह्य देशमा मुढा निर्यात हुन थालेपछि कैदीबन्दी उत्साहित भएर मुढा बनाउने कार्यमा खट्दै आएका छन्। कारागारमा अहिले २० महिलासहित कूल दुई सय ८७ कैदीबन्दी छन्। जसमा तीन बालिका कैदीबन्दी महिलासँग नै आश्रित रहेको सो कारागारले जनाएको छ।

‘एक हजार तयारी मुढा चीन पठाइएको छ’, उनले भने, ‘प्रति मुढा रु पाँच सयका दरले बिक्रीका लागि पठाइएको हो।’

कारागारको ‘ए’ ब्लकमा रहेकामध्ये करिब ४५ जनाले बुनेका मुढा स्थानीय बजारमा खपत हुने गरेको सो कारागारले जनाएको छ।

त्यसैगरी ‘बी’ ब्लकमा रहेकामध्ये ७० कैदीबन्दीले निर्माण गरेको मुढा बाह्य देशमा निर्यात हुने गरेको निमित्त कारागार प्रशासक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

उनका अनुसार महिला कैदीबन्दी भवनमा रहेका २० महिला कैदीबन्दीमध्ये अधिकांश तानबाट कपडा बुन्ने कार्यमा व्यस्त छन्।

कारागारमा रहेका अधिकांश कैदीबन्दीले सीप सिकेर आयआर्जन गरी समय समयमा घर खर्च पठाउने कार्य पनि गरेको उनले बताए।

व्यापारीले पेश्की स्वरुप दिएको रकमले मुढा बनाउन आवश्यक कच्चा पदार्थ खरिद गरी मुढा बनाउने गरेका छन्। ‘कारागार प्रशासनले उक्त सामग्री खरिदका लागि सहजीकरण गर्दै आएको छ,’ उनले भने।


प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?