Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

मेलम्ची नगरपालिकाद्वारा बाढी, पहिरो प्रभावित पाँचपोखरी र हेलम्बुलाई सहयोग


२७ ,भाद्र ,सिन्धुपाल्चोक । विसं २०७८ असार १ तथा त्यसपछिका बाढी, पहिरोबाट प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकालाई मेलम्ची नगरपालिकाले रु १० लाख आर्थिक सहयोग गरेको छ ।

यही भदौ १९ गते बसेको नगर कार्यपालिकाको बैठकले बाढी तथा पहिरो प्रभावित छिमेकी दुई हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकालाई १०/१० लाख सहयोग गर्ने निर्णय गरेको थियो ।

छिमेकी पालिकाहरूमा समस्या पर्दा केही सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको नगर प्रमुख आइतमान तामाङले बताए ।

रु १० लाखको चेक ग्रहण गर्दै पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले सहयोगका लागि धन्यवाद व्यक्त गरे । उनले मेलम्ची नगरपालिका असल छिमेकीको रूपमा प्रस्ततु भएको भन्दै यसले गाउँपालिकालाई ठूलो सहयोग भएको बताए ।

अध्यक्ष लामाले बाढीग्रस्त तीनै पालिका मिलेर सङ्घ र प्रदेश सरकारलाई झकझकाउनु पर्ने बताए । हेलम्बु गाउँपालिकाकालाई भोलि रकम हस्तान्तरण गरिने मेलम्ची नगर प्रमुख तामाङले जानकारी दिए ।

रकम हस्तान्तरण कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडाध्यक्षहरू चन्द्रबहादुर तामाङ, अमृत खनाल, राजु रायमाझी, गणेश तामाङ र लेखा अधिकृत मुरारी पुडासैनीलगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?