Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

शेयर बजारमा हरियाली, ४४ दशमलव ३० अङ्कले लाग्यो उकालो


२५ भदौ, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव ३० अङ्कले बढेको छ । आजको कारोबारमा परिसूचक दुई दशमलव २८ प्रतिशतले बढेर एक हजार नौ सय ८६ दशमलव ९९ अङ्कमा कायम भएको हो ।

आजको कारोबारमा विभिन्न कम्पनीका कुल ४७ लाख ४२ हजार पाँच सय ११ कित्ता शेयर ३७ हजार सात सय ९९ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ५१ करोड ८३ लाख ४३ हजार तीन सय ९७ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा वित्त समूहको उपसूचक तीन दशमलव ६५ प्रतिशत र  व्यापार समूहको उपसूचक तीन दशमलव ६३ प्रतिशतले बढेको छ ।

आज थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेको छ भने मेन्छियाम हाइड्रोपावर लिमिटेडको नौ दशमलव ९७, मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको नौ दशमलव ८७, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड नौ दशमलव ८५ र प्रोग्रेसिभ फाइनान्स लिमिटेडको शेयर मूल्य आठ दशमलव ६५ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै घट्नेमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ को शेयर मूल्य सात दशमलव ४३ले घटेको छ । कारोबार रकमका आधारमा आज साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको रु छ करोड २५ लाख ५२ हजार चार सय ४८ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड र बढी सङ्ख्यामा शेयर कारोबार हुनेमा आइएमई लाइफ इन्स्योरेन्स छ ।


प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?