Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

अर्घाखाँचीमा ६५ करोड बजेट फ्रिज


२५ भदौ, अर्घाखाँची । अर्घाखाँचीमा सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त भएको पुँजीगत र चालुतर्फको बजेटमध्ये रु ६५ करोडभन्दा बढी बजेट फ्रिज भएको छ ।

आर्थिक वर्ष २०७९÷८० मा अर्घाखाँचीमा सङ्घीय तथा प्रदेश सरकारको पुँजीगत र चालु तर्फको विनियोजित बजेटमध्ये रु ६५ करोड ९९ लाख ९३ हजार आठ सय ६१ फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक राजु पाण्डेले बताए  ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आव २०७९÷८० मा प्रदेश सरकारको पुँजीगत तर्फको रु एक अर्ब ३३ करोड ६५ लाख ८९ हजार विनियोजित बजेटमध्ये रु २० करोड ५६ लाख ६२ हजार ९४ बजेट फ्रिज भएको हो । चालु तर्फ रु ६५ करोड ५३ लाख २१ हजार एक सय ९३ विनियोजित बजेटमध्ये रु १३ करोड दुई लाख ७६ हजार दुई सय २२ फ्रिज भएको छ ।

यस्तै सङ्घीय सरकारको चालु तर्फको रु पाँच अर्ब ३९ करोड २१ लाख ६५ हजार सात सय ४२ विनियोजित बजेटमध्ये रु १८ करोड ५३ लाख ७५ हजार नौ सय ३२ बजेट फ्रिज भएको छ । सङ्घीय सरकारको पुँजीगत तर्फ रु एक अर्ब ५१ करोड ९५ लाख ७२ हजार छ सय विनियोजित बजेटमा रु १३ करोड ८६ लाख ७९ हजार छ सय १६ रकम फ्रिज भएको कोष नियन्त्रक पाण्डेको भनाइ छ ।

अर्घाखाँचीमा आव २०७९÷८० मा लुम्बिनी प्रदेश सरकारको चालु तथा पुँजीगत रु एक अर्ब ९९ सय करोड १९ लाख १० हजार एक सय ९३ र सङ्घीय सरकारको पुँजीगत तथा चालुतर्फ रु छ अर्ब ९१ करोड १७ लाख ३८ हजार तीन सय ४२ गरी रु आठ अर्ब ९० करोड ३६ लाख ४८ हजार पाँच सय ३५ बजेट विनियोजन भएको थियो ।


प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?