Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

नेप्से परिसूचकमा १९ दशमलव ४२ अङ्कको गिरावट


२६ ,भाद्र ,काठमाडौँ । सोमबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ ।

आज नेप्से परिसूचक १९ दशमलव ४२ अङ्कले घटेर एक हजार नौ सय ६७ दशमलव ४२ अङ्कको विन्दुमा कायम भएको हो ।

आज दुई सय ७६ कम्पनीका ३९ लाख १६ हजार एक सय ६१ कित्ता शेयर २६ हजार तीन सय दुई पटक खरिदबिक्री हुँदा रु एक अर्ब १३ करोड ५० लाख ५७ हजार पाँच सय १५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक एक दशमलव ९८ प्रतिशत र वित्त समूहको उपसूचक एक दशमलव ९२ प्रतिशतले घटेको छ ।

बैंकिङ समूह शून्य दशमलव ४३, विकास बैंक एक दशमलव ४४, जलविद्युत् एक दशमलव ५६, लगानी एक दशमलव ३१ र जीवन बीमा समूह शून्य दशमलव ९९ प्रतिशतले घटेको छ ।

त्यसैगरी, उत्पादन तथा प्रशोधन एक दशमलव ०८, लघुवित्त एक दशमलव ४०, निर्जीवन बीमा एक दशमलव ४०, व्यापार शून्य दशमलव ७८ र अन्य समूहको उपसूचक शून्य दशमलव २४ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै शुभम् पावर लिमिटेडको शेयर मूल्य आज नौ दशमलव ९९ प्रतिशतले बढेको छ ।

थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै नेपाल एसबिआई बैंक लिमिटेडको रु सात करोड ५६ लाख १८ हजार नौ सय २० बराबरको दुई लाख २४ हजार नौ सय ४४ कित्ता शेयर किनबेच भएको छ ।


प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?