नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा स्वीकृति लिन आह्वान गरेको छ । समितिको गठन आदेश, २०७७ र यसअन्तर्गत बनेका नियमका आधारमा समितिले स्वीकृति लिन आग्रह गरेको हो । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले आज विज्ञप्ति प्रकाशित गरी सबै प्रकारका पात्रो र भित्तेपात्रो प्रकाशन गर्नुपूर्व
निर्माण सुरु भएको झण्डै छ वर्ष बित्दा गोदावरी सडक अझै सम्पन्न भइसकेको छैन । उपत्यकामा विस्तारको क्रममा रहेका सडकमध्ये सबैभन्दा कम चौडाइमा कालोपत्र भएको सो सडकको एक खण्डमा काम बाँकी रहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । हात्तीबन कर्मनाशा खोलाबाट गोदावरी कुण्डसम्मको सडक निर्माण सम्पन्न गर्न सम्बन्धित वडा
कृषि विकास बैंक स्थापनाको ५६औँ वर्षमा प्रवेश गरेको छ । कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यो बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रुपमा मान्यता पाएको थियो । बैंकको ५६औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि विकास बैंक कृषि क्षेत्रको
जुम्लाको सिञ्जा गाउँपालिकाको नराकोटमा मालपोत र नापी कार्यालय स्थापनाका लागि स्थानीय तथा सरोकारवालाले अर्थ मन्त्रालयसँग माग गरेका छन् । गत पुस २० गते अर्थ मन्त्रालयले कार्यालयको अवस्था, वार्षिक बजेट तथा कार्यक्रमका विषयमा थप गृहकार्य गर्नुपर्ने निर्णय गरेपछि कार्यालय स्थापना गर्न बाधा पुगेको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो । स्थानीयस्तरमा मालपोत
सात हजारलाई खानेपानी पु¥याउने लक्ष्यले सुरु पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम निर्धारित समयमा सम्पन्न हुन सकेको छैन । परियोजनाको २०७६ भदौ १२ गते २०७९ पुसभित्र सक्ने गरी सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता गरियो । सरकारले चालु आर्थिक
किसानको पशुधनको दृष्टिले राम्रो मानिने बीमा कार्यक्रम पछिल्लो समय सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिकामा प्रभावकारी बन्दै गइरहेको छ । नगर पशु सेवा शाखाबाट जारी सूचनाको आधारमा पशु बीमा कार्यक्रममा सहभागी भइ पशु बीमा गराइएका दुई किसानको भैँसी मरेपछि मूल्याङ्कन बराबरको बीमा रकम वडा नं ७ निवासी ईश्वरीप्रसाद नेपाल र वडा
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार दुई सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख चार हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु सात सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य
बाँकेमा दादुराका बिरामी बढ्दै गएका छन् । जिल्लाभर दुई सय नौ दादुराका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप ‘फोकल पर्सन’ नरेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै नेपालगञ्जमा एक सय ९१ बिरामी फेला परेका छन् भने नरैनापुर गाउँपालिकामा १३, खजुरा गाउँपालिकामा तीन जना र कोहलपुर नगरपालिकामा दुई
चिकित्सकको निगरानीमा रहने गरी नेकपा (माओवादी केन्द्र)का उपमहासचिव डिस्चार्ज हुनुभएको छ । वंशाणुगत जण्डिसका कारण पीडित नेता पुनलाई गत शनिबार ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा अपेक्षित सुधार भएपछि चिकित्सकको निगरानीमा रहने गरी उहाँ आज डिस्चार्ज हुनुभएको उहाँको सचिवालयले जनाएको छ । माघी मनाउनका लागि रोल्पा पुग्नुभएका नेता
सरकारी स्वास्थ्य संस्थाको सेवाप्रति आमरूपमा निराशा बढेकै बेला महोत्तरीको बर्दिबास अस्पतालप्रति भने सर्वसाधारणको भरोसा बढ्न थालेको छ । बर्दिबास–२ बुद्धचोकस्थित बर्दिबास अस्पतालले एकपछि अर्को गर्दै २६ वटा सेवालाई नियमित गरेपछि गुणस्तरीय उपचार सेवा पाउने आश बढेको हो । बर्दिबास अस्पतालले बुधबारमात्रै विज्ञ चिकित्सक र अत्याधुनिक उपकरणसहितको सेवा थपेको छ ।