Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

नायक शाहलाई अदालतमा उपस्थित गराउन आदेश


बालयौन दुराचारको मुद्दामा नवलपुर अदालतको फैसलापछि तनहुँ कारागारको थुनामा रहेका नायक पूर्णविक्रम (पल) शाहलाई अदालतमा उपस्थित गराउन उच्च अदालतले आदेश दिएको छ ।

नाबालिगलाई यौन दुराचार गरेको अभियोगमा नवलपुर जिल्ला अदालतले शाहलाई दुई वर्ष छ महिना कैद र रु १० लाख क्षतिपूर्तिको फैसला सुनाएकामा उच्च अदालत पोखराले शाहलाई १५ दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो । उक्त फैसला विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र शाह पक्षले उच्च अदालत पोखरामा पुनरावेन दिएका थिए । उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले दुवै पक्षलाई झिकाउने आदेश दिएको शाहका कानून व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिनुभयो ।

नाबालिगमाथि जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ अदालतमा परेको मुद्दामा शाहले सफाइ पाइसकेका छन् । नवलपुर अदालतको फैसला भुक्तानका लागि शाह यतिबेला तनहुँ कारागारमा छन् । नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो ।


प्रकाशित मिति: २३ माघ २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?