Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर)


नानिचासँगै यो वर्षको इन्द्र जात्र सकियो(फोटो फिचर)

काठमाडौँ। काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक पर्व इन्द्रजात्रा मङ्गलबार ‘नानिचाः याः’ अन्तर्गत महिलाहरूले मात्र जीवित देवी श्रीकुमारी, श्री गणेश र श्री भैरवको रथ तानेसँगै विधिवत् रूपमा सम्पन्न भएको छ। जात्राको अन्तिम दिन वसन्तपुरबाट सुरु भएको रथयात्रा नरदेवी, भेडासिंह, किलागल, इन्द्रचोक र मखन हुँदै पुनः वसन्तपुर पुर्‍याइएको थियो।

राणाकालमा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले किलागल टोलमा बस्ने आफ्नी प्रेमिका ‘नानिचा’को इच्छाबमोजिम उनको टोलबाट पनि रथयात्रा अवलोकन गराउन तेस्रो दिनको जात्रा थप गरेको इतिहास छ। तिनै नानिचाको नामबाट सुरु भएको यो जात्रा पछिल्ला वर्षहरूमा भने महिला सशक्तीकरण र लैङ्गिक समानताको विशिष्ट मञ्चमा रूपान्तरण भएको छ।

कुनै समय भीडभाडका कारण महिलाहरू घरका झ्यालबाट मात्र जात्रा हेर्न सीमित रहने र रथ तान्ने डोरी महिलाले छुनसमेत नहुने अन्धविश्वास रहेकोमा, वि.सं. २०६९ सालयता सामुदायिक छलफलमार्फत नानिचाको दिन महिलाले मात्र रथ तान्ने परम्परा बसालिएको हो। मङ्गलबार परम्परागत नेवारी पहिरन हाकुपटासीमा सजिएका सयौँ महिला तथा युवतीहरूले सामूहिक रूपमा रथ तानेका थिए।


प्रकाशित मिति: १४ आश्विन २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?