Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

बागमती प्रदेशसभाको बैठक स्थगित


बागमती प्रदेशसभाको आज अपराह्न १२ बजे बस्ने भनिएको बैठक विशेष कारणबस माघ २६ गते अपराह्न १ बजे बस्ने गरी स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही माघ २६ गते बस्ने प्रदेशसभाको बैठकलाई सम्बोधन गर्नुहुने कार्यसूची रहेको प्रदेशसभाका सभामुख भुुवनकुमार पाठकले जानकारी दिनुभयो । प्रदेशसभाअन्तर्गत रहेको विभिन्न पाँच समितिमा अध्यक्षसहित दलको प्रतिनिधित्व गर्ने सदस्यको नामावली लिएर आजै बसेको सर्वदलीय बैठकमा सहमति हुन नसकेको र साँझसम्ममा दोस्रो सर्वदलीय बैठक बस्न समयको अभावले गर्दा प्रदेशसभाको आजको पूर्ण बैठक स्थगित गर्नुपरेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभयो ।

प्रदेशसभामा हाल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका एक सय १० जना प्रदेशसभाका सदस्य हुनुहुन्छ ।


प्रकाशित मिति: २३ माघ २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?