Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

एक वर्षमा दुई सय २४ फरार प्रतिवादी पक्राउ


जिल्ला प्रहरी कार्यालय चितवनले एक वर्षमा दुई सय २४ जना फरार प्रतिवादी पक्राउ गरेको छ । विसं २०७८ फागुन ४ गतेदेखि २०७९ माघ २५ गतेसम्म उनीहरूलाई पक्राउ गरिएको हो । फैसला कार्यान्वयनका क्रममा उनीहरूलाई पक्राउ गरी जिल्ला अदालत पेस गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

अधिकारी जिल्लामा आएपछि भए गरेका कामको जानकारी दिन आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा अदालतबाट फैसला भएर सम्पर्कमा नआएका उनीहरूलाई पक्राउ गरिएको बताउनुभयो । सो क्रममा उनीहरूबाट ५० वर्ष तीन महिना सात दिन कैद भुक्तान गराइएको उहाँले बताउनुभयो । यस्तै रु एक करोड ३३ लाख ८९ हजार तीन सय ६७ जरिवाना असुल गरिएको सो अवसरमा जानकारी दिइएको थियो । सोही अवधिमा ३५ शीर्षकमा एक हजार चार सय ४८ वटा निवेदन दर्ता भएका छन् । ती निवेदनमा ६७ महिला र एक हजार ४० पुरुष प्रतिवादीको रूपमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भन्सार चोरी, निकासी, तस्करी र राजस्व छलीतर्फ १३ जना पक्राउ गरिएको छ ।

उनीहरूको साथबाट रु छ करोड ४५ लाख ९९ हजार तीन सय ८४ बराबरको सामान बरामद गरिएको अधिकारीले बताउनुभयो । हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा चार जनालाई पक्राउ गरिएको छ । उनीहरूको साथबाट कटुवा पेस्तोल दुई थान, दुई राउण्ड गोली, भरुवा बन्दुक दुई थान र बारुद दुई सय ग्राम नियन्त्रणमा लिएको छ । एक वर्षको अवधिमा लागुऔषधसम्बन्धी एक सय छवटा निवेदन दर्ता गरिएको छ ।


प्रकाशित मिति: २५ माघ २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?