Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

एक वर्षमा दुई सय २४ फरार प्रतिवादी पक्राउ


जिल्ला प्रहरी कार्यालय चितवनले एक वर्षमा दुई सय २४ जना फरार प्रतिवादी पक्राउ गरेको छ । विसं २०७८ फागुन ४ गतेदेखि २०७९ माघ २५ गतेसम्म उनीहरूलाई पक्राउ गरिएको हो । फैसला कार्यान्वयनका क्रममा उनीहरूलाई पक्राउ गरी जिल्ला अदालत पेस गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

अधिकारी जिल्लामा आएपछि भए गरेका कामको जानकारी दिन आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा अदालतबाट फैसला भएर सम्पर्कमा नआएका उनीहरूलाई पक्राउ गरिएको बताउनुभयो । सो क्रममा उनीहरूबाट ५० वर्ष तीन महिना सात दिन कैद भुक्तान गराइएको उहाँले बताउनुभयो । यस्तै रु एक करोड ३३ लाख ८९ हजार तीन सय ६७ जरिवाना असुल गरिएको सो अवसरमा जानकारी दिइएको थियो । सोही अवधिमा ३५ शीर्षकमा एक हजार चार सय ४८ वटा निवेदन दर्ता भएका छन् । ती निवेदनमा ६७ महिला र एक हजार ४० पुरुष प्रतिवादीको रूपमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भन्सार चोरी, निकासी, तस्करी र राजस्व छलीतर्फ १३ जना पक्राउ गरिएको छ ।

उनीहरूको साथबाट रु छ करोड ४५ लाख ९९ हजार तीन सय ८४ बराबरको सामान बरामद गरिएको अधिकारीले बताउनुभयो । हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा चार जनालाई पक्राउ गरिएको छ । उनीहरूको साथबाट कटुवा पेस्तोल दुई थान, दुई राउण्ड गोली, भरुवा बन्दुक दुई थान र बारुद दुई सय ग्राम नियन्त्रणमा लिएको छ । एक वर्षको अवधिमा लागुऔषधसम्बन्धी एक सय छवटा निवेदन दर्ता गरिएको छ ।


प्रकाशित मिति: २५ माघ २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?