Trending
>>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन >>   ‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’ >>   स्वास्थ्य बीमामा सुधार ल्याउन सरकारले स्वदेशी उद्योगबाटै ‘बल्क’मा औषधि खरिद गर्ने >>   नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न >>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी >>   विशेष महाधिवेशन अनुचित सिद्ध भयो, सर्वोच्चले विचाराधीन मुद्दा छिटो टुङ्ग्याओस्ः नेता सिटौला >>   कैद भुक्तानपछि दीपक मनाङे जेलमुक्त >>   काँग्रेसका राष्ट्रिय सभाका सांसदहरूबीच परिचयात्मक कार्यक्रम शुरु (तस्बिरसहित) >>   अमेरिका–इजरायल सैन्य आक्रमणमा १३ सय भन्दा बढी इरानी सर्वसाधारणको मृत्यु
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

म्याग्दीमा एम्बुलेन्स अभाव


एम्बुलेन्स नपाउँदा म्याग्दीका बिरामीलाई अस्पताल पु¥याउन समस्या हुन थालेको छ । सदरमुकाममा रहेको बेनी अस्पतालमा भएको एम्बुलेन्स पुरानो भएर बिग्रन थालेपछि ‘रिफर’ भएका बिरामीलाई समस्या भएको हो । अस्पतालका प्रमुख डा शङ्करराज लामिछानेले भएको एउटामात्र एम्बुलेन्स बिग्रिन थालेपछि समस्या भएको बताउनुभयो । “हाडजोर्नीसम्बन्धी समस्या भएका र अक्सिजन लगाएर रिफर गर्नुपर्ने बिरामी दैनिक दुई–तीन जना हुन्छन”, उहाँले भन्नुभयो, “हामीसँग भएको पाँच वर्ष पुरानो एकमात्र एम्बुलेन्स पनि बिग्रिएर दुःख दिन थालेको छ ।” पछिल्लो दुई महिनामा एम्बुलेन्स मर्मतमा मात्र रु एक लाख ५० हजारभन्दा बढी खर्च भएको डा लामिछानेले बताउनुभयो ।

बेनी अस्पतालले बागलुङ, पोखरा, काठमाडौँ, चितवनलगायतका अस्पतालमा रिफर गर्ने बिरामीलाई त्यहाँ पुग्ने सवारीसाधन पाउन कठिन हुन थालेको छ । आकस्मिक, अक्सिजन लगाउनुपर्ने र हाडजोर्नीबाहेकको समस्या भएका बिरामी ट्याक्सी चढेर अस्पताल जाने गर्छन् । अस्पतालको एम्बुलेन्स बेनी बाहिर गएको र बिरामी धेरै भएको अवस्थामा छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाको एम्बुलेन्स बोलाउने गरिएको छ । बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले नयाँ एम्बुलेन्स उपलब्ध गराउन प्रदेश र सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा अनुरोध गरिएको बताउनुभयो । लायन्स क्लब, भारतीय दूतावासलगायत दातासँग पनि एम्बुलेन्स उपलब्ध गराउन प्रस्ताव गरिएको सुवेदीले बताउनुभयो । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) बेलायतले नेपाल रेडक्रस सोसाइटीको जिल्ला र भुरुङ–तातोपानी उपशाखालाई आठ वर्षअघि उपलब्ध गराएको दुईवटा एम्बुलेन्स बिग्रिएपछि दुई वर्षदेखि बेनी अस्पताल परिसरमा थन्किएका छन् । दरवाङ उपशाखालाई मोनाले दिएको एम्बुलेन्स पनि मालिका गाउँपालिकाको कार्यालय अगाडि थन्क्याएर राखिएको छ ।

धवलागिरि, अन्नपूर्ण गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीको एक÷एक एम्बुलेन्स ग्रामीण क्षेत्रका बिरामीलाई सदरमुकाम बेनी ल्याउन व्यस्त हुन्छन् । धवलागिरि गाउँपालिकाले गत वर्ष एम्बुलेन्स सञ्चालन गरेको थियो । रेडक्रस र अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्स विसं २०७५ मा भारतीय दूतावासले प्रदान गरेको हो । मोना युकेले विसं २०७१ मा उपलब्ध गराएको तीनवटा एम्बुलेन्स मर्मत र सञ्चालनका लागि रु १० लाख ८० हजार दुई सय ८० को एम्बुलेन्स सेवा अक्षयकोष स्थापना गरेको थियो । ग्रीन बैंकको बेनी शाखामा रहेको अक्षयकोषको ब्याजबाट एम्बुलेन्सको बीमा शुल्क तिर्ने गरिएको रेडक्रस सोसाइटी म्याग्दीले जनाएको छ ।


प्रकाशित मिति: २३ माघ २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?