Trending
>>   लामो समय देखी सुस्त देखिएको कर्जा प्रवाह ७.१ प्रतिशतले बढ्यो >>   अर्थमन्त्री पौडेललाई चेम्बर अफ कमर्सका १०१ सुझाव >>   पर्यटन क्षेत्रमा आन्तरिक तथा वाह्य लगानी भित्र्याउन हरेक स्थानीय तहले पहल गर्नुपर्छ: अध्यक्ष ढकाल >>   आर्क्स ग्रुपद्वारा स्वयम्भू हारती ट्राभल्सलाई १८ वटा जुबाओ इभी भ्यान हस्तान्तरण >>   आइएमई ग्रुपको लगानीमा मौलाकालीमा इला होटल सञ्चालन >>   बुद्धका शिक्षाहरु सरल छन्, अपनाउन मात्रै कठिन होः प्रधानमन्त्री ओली >>   निजी क्षेत्रको समस्या समाधान सरकारको प्राथमिकताः अर्थमन्त्री पौडेल >>   संयम हुन आग्रह गर्दै शान्तिको कामना गरेपछि भारत र पाकिस्तानबीचको लडाईं रोकियोः प्रधानमन्त्री ओली >>   धर्मरहित राजनीति गर्नेहरुलाई जनतालाई भूटानी शरणार्थी बनाएर पैसा कमाउने बुद्धि आउँदो रहेछः अध्यक्ष लिङदेन >>   स्वयम्भूस्थित आनन्दपूर्ति बिहारमा भगवान बुद्धको अस्तु धातुको दर्शन (तस्बिरहरु)
Logo
२९ बैशाख २०८२, सोमबार
२९ बैशाख २०८२, सोमबार

सूचना-प्रविधि


बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार दुई सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख चार हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु सात सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य

बाँकेमा दादुराका बिरामी बढ्दै

बाँकेमा दादुराका बिरामी बढ्दै गएका छन् । जिल्लाभर दुई सय नौ दादुराका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप ‘फोकल पर्सन’ नरेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै नेपालगञ्जमा एक सय ९१ बिरामी फेला परेका छन् भने नरैनापुर गाउँपालिकामा १३, खजुरा गाउँपालिकामा तीन जना र कोहलपुर नगरपालिकामा दुई

उपमहासचिव पुन डिस्चार्ज

चिकित्सकको निगरानीमा रहने गरी नेकपा (माओवादी केन्द्र)का उपमहासचिव डिस्चार्ज हुनुभएको छ । वंशाणुगत जण्डिसका कारण पीडित नेता पुनलाई गत शनिबार ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा अपेक्षित सुधार भएपछि चिकित्सकको निगरानीमा रहने गरी उहाँ आज डिस्चार्ज हुनुभएको उहाँको सचिवालयले जनाएको छ । माघी मनाउनका लागि रोल्पा पुग्नुभएका नेता

बर्दिबास अस्पताल : सेवा विस्तारले जगायो उपचार पाउने आश

सरकारी स्वास्थ्य संस्थाको सेवाप्रति आमरूपमा निराशा बढेकै बेला महोत्तरीको बर्दिबास अस्पतालप्रति भने सर्वसाधारणको भरोसा बढ्न थालेको छ । बर्दिबास–२ बुद्धचोकस्थित बर्दिबास अस्पतालले एकपछि अर्को गर्दै २६ वटा सेवालाई नियमित गरेपछि गुणस्तरीय उपचार सेवा पाउने आश बढेको हो । बर्दिबास अस्पतालले बुधबारमात्रै विज्ञ चिकित्सक र अत्याधुनिक उपकरणसहितको सेवा थपेको छ ।

दुर्घटना न्यूनीकरणका लागि ट्र्याक्टरमा टल्किने स्टिकर

रातिको समयमा हुने सवारीसाधन दुर्घटना न्यूनीकरणका लागि सिरहामा ट्राफिक प्रहरीले उखु बोकेका ट्र्याक्टरको ट्रलीमा टल्किने सावधानी स्टिकर टाँस्न थालेको छ । ट्राफिक प्रहरीको दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत उक्त अभियान सञ्चालन गरिएको जिल्ला ट्राफिक कार्यालय लहानका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले बताउनुभयो । “ट्र्याक्टरको ट्रलीमा बत्तीको व्यवस्था नहुँदा राति दुर्घटनाको जोखिम बढी

कर्णालीमा दलित समुदायका लागि पर्याप्त बजेट, कार्यान्वयन न्यून

कर्णाली प्रदेश सरकारले दलित समुदायका लागि पर्याप्त बजेट विनियोजन गरेको भए पनि त्यसशको कार्यान्वयन भने न्यून देखिएको छ । विगतका आर्थिक वर्षको अवस्था हेर्दा दलित समुदाय लक्षित बजेट पर्याप्त विनियोजन गरेको देखिन्छ । कार्यान्वयनको पाटो भने निकै फितलो रहेको पाइएको छ । आर्थिक वर्ष २०७८÷७९ मा रु २४ करोडभन्दा बढी

सवारी नियम उल्लङ्घन गर्नेको लाइसेन्स निलम्बनका लागि सिफारिस

उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी सञ्चालनमा पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने ८६ जनाको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाएको छ । सवारी चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पटक–पटक उल्लङ्घन गरेकाले नियमको कडाइका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुमतिपत्र निलम्बनको सिफारिस गरेको हो ।

लुम्बिनी प्रदेशसभाको बैठक केही समयका लागि स्थगित

लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा दलहरुबीच सहमति जुटन नसक्दा केही समय बसेर स्थगित भएको छ । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट प्रदेशसभामा संसदीय दलका नेता धर्मबहादुर चौधरीले विशेष समय लिएर बोल्नुभएको थियो । उहाँले सरकारले आफ्नो पार्टीले उठाउँदै आएको मागमा गम्भीरता नदेखाएको गुनासो गर्नुभयो । उहाँले नागरिक उन्मुक्ति पार्टीले उठाएका मुद्दामध्ये

राष्ट्रियसभामा विश्वविद्यालय विधेयक, २०७९ पेस

राष्ट्रियसभा आजको बैठकमा विश्वविद्यालय विधेयक, २०७९ पेस भएकोे छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालका तर्फबाट परराष्ट्रमन्त्री डा विमला राई पौडेलले उक्त विधेयकसभासमक्ष पेस गर्नुभएको हो । मन्त्री पौडेलले विधेयक प्रस्तुत गर्दै सूचना र प्रविधिको विकाससँगै मौलिक विषय समेटेर गुणस्तरीय र समयसापेक्ष मुलुकको विकासका लागि उक्त विश्वविद्यालय स्थापना

उपसभामुखको निर्वाचन माघ ७ गते

प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन यही माघ ७ मा हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उक्त जानकारी गराउनुभएको हो । उपसभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ । सचिवालयलाई उक्त निर्वाचनसम्बन्धी सूचना आजै जारी गर्न बैठकले निर्देशन गरेको छ ।

सम्वन्धित समाचारहरु