७ जेष्ठ ,मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासनको प्रत्याभूतिका लागि सुरक्षा अनिवार्य सर्त रहेको बताएका छन् । कोशी प्रदेश सरकारद्वारा विनियोजित बजेटबाट भौतिक पूर्वाधार विकास मन्त्रालय सहरी विकास तथा भवन कार्यालयद्वारा रु चार करोड चार लाख ६३ हजार हजार आठ सय ४२ को लागतमा ३४ कोठे तीनतले नवनिर्मित
७ जेष्ठ ,काठमाडौँ । महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले न्याय प्रक्रियालाई छिटो सम्पन्न गर्नका लागि सजाय छुटसम्बन्धी निर्देशिकाले सहयोग गर्ने बताएका छन् । महान्यायाधिवक्ता कार्यालयले आज आयोजना गरेको सजाय छुट दिने माग दाबीसम्बन्धी निर्देशिक, २०८० कार्यान्वयनसम्बन्धी छलफलमा उनले अभियुक्तलाई थुनेर राखेर मात्रै नहुने हुँदा सजाय छुटसम्बन्धी व्यवस्था प्रभावकारी कार्यान्वयन गर्नुपरेमा जोड
७ जेष्ठ ,चितवन । जिल्लाको इच्छाकामना गाउँपालिकामा आजदेखि दादुरा रोग विरुद्धको विशेष खोप सुरु गरिएको छ । गाउँपालिकामा दादुरा सङ्क्रमित भेटिएसँगै तीन दिनका लागि खोप अभियान सुरु गरिएको हो । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ र ६ मा अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम
७ जेठ, दाङ । दाङको घोराही उपमहानगरपालिका–१७ कर्जाहीका किसान बाबुराम चौधरीले एक विघा जमिनमा लगाएको बन्दागोभी बिक्री नहुँदा मारमा परेका छन् । तरकारी खेती गर्ने र त्यहीँबाट आएको रकमले घरव्यवहार चलाउने उद्देश्यले व्यावसायिक खेती गर्दै आएका उनको तयारी अवस्थामा रहेको बन्दागोभी हालसम्म बिक्री हुन सकेको छैन । चौधरीले घोराही–६ गुरुवागाउँमा
७ जेठ, काभ्रे । निर्माणको ३५ वर्षपछि काभ्रेपलाञ्चोकको बनेपा बसपार्क सञ्चालनको तयारी थालिएको छ । यसका लागि नगरपालिका कार्यालयले आवश्यक छलफलसहितको प्रक्रिया अघि बढाइएको जनाएको छ । चालिसको दशक सुरुवातमै अरनिको राजमार्गमा सवारीको सङ्ख्या बढ्न थालेपछि बनेपा नगरपालिका– ८ स्थित नगरपालिका कार्यालयसँगै बसपार्क निर्माण गरिएको थियो । मध्यपहाडी क्षेत्रको मुख्य
७ जेठ, दाङ । दाङको दङ्गीशरण गाउँपालिका– ६ स्थित सिद्ध पृथ्वी माध्यामिक विद्यालयमा प्रधानाध्यापक विवादले पठनपाठन नै रोकिएको छ । सोही विद्यालयमा अहिले दुई प्रधानाध्यापक तोकिएपछि केही दिनदेखि विवाद भइरहेको छ । अहिले विद्यार्थी विद्यालय पोसाक, किताब, कापीसहित विद्यालयको गेटमा ताला लगाएर धर्ना गरिरहेका छन् । “सरहरुको आफ्नो विवाद छ,
७ जेठ, हेटाैँडा । सत्ता गठबन्धनका दलहरुबीचको लामो कसरतपछि बागमती प्रदेशको मन्त्रिमण्डलले पूर्णता पाएको छ । दलहरुबीच भागबण्डा नमिले पनि अन्ततः प्रदेशको ११ मन्त्रालयमा थप एक मन्त्रालय बनाएर १२ वटा बनाउने गरी सहमति भएको हाे । अब प्रदेशमा नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित चार मन्त्री र नेपाली कांग्रेसका छ जना र एकीकृत
७ जेठ, भक्तपुर । विसं १९६१ मा चन्द्रलोक डिस्पेन्सरीका नामबाट सुरु भएको वीर अस्पताल पछिको दोस्रो भक्तपुर अस्पताल यस वर्षको सर्वोत्कृष्ट अस्पताल घोषणा भएको छ । स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा अस्पतालको सेवा प्रवाहको अवस्था मूल्यांकन गर्ने क्रममा आएको सरकारी मूल्यांकन टोलीले गरेको मूल्यांकनअनुसार प्राप्त अंकका आधारमा भक्तपुर अस्पताल सबैभन्दा
७ जेठ, बुटवल । बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भइरहेको ‘लुम्बिनी केवलकार’ सञ्चालनको अन्तिम तयारीमा पुगेको छ। बुटवल र पाल्पाको तिनाउ गाउँपालिका-३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्तपुर जोड्ने लुम्बिनी केवलकार निर्माण सम्पन्न भई हाल प्राविधिक परीक्षण सुरु गरिएको छ। यही जेठको १५ गतेदेखि नियमित सञ्चालन गर्ने लक्ष्यका साथ
७ जेठ, कैलाली । डिभिजन वन कार्यालयले कैलालीमा वन अतिक्रमण गरी बनाइएका टहरा हटाउने अभियान सुरु गरेको छ । विभिन्न बहानामा सामुदायिक र राष्ट्रिय वन अतिक्रमण गरी बनाइएका टहरा हटाउने अभियान सुरु गरेको हो । कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडा राजमार्ग छेउमा बनाइएका दुईसयभन्दा बढी भौतिक संरचना भत्काइएको डिभिजन वन कार्यालयले जनाएको