Trending
>>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने
Logo
२ आश्विन २०८३, शुक्रबार
२ आश्विन २०८३, शुक्रबार

मन्त्रालय थपेपछि मिल्यो बागमतीमा सरकारको भागबण्डा, मन्त्रीमण्डल बिस्तार


७ जेठ, हेटाैँडा । सत्ता गठबन्धनका दलहरुबीचको लामो कसरतपछि बागमती प्रदेशको मन्त्रिमण्डलले पूर्णता पाएको छ । दलहरुबीच भागबण्डा नमिले पनि अन्ततः प्रदेशको ११ मन्त्रालयमा थप एक मन्त्रालय बनाएर १२ वटा बनाउने गरी सहमति भएको हाे ।

अब प्रदेशमा नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित चार मन्त्री र नेपाली कांग्रेसका छ जना र एकीकृत समाजवादीका दुई जना मन्त्री बनेका छन्।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिशमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्रीमा नियुक्तिसँगै आइतबार नै पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

यसअघि गत चैत २६ गते कांग्रेसबाट दुई जना मन्त्री थप गरी छ सदस्यीय मन्त्रिमण्डल बनाइएको थियो । साथै, गत पुस २६ गते मुख्यमन्त्री जम्कट्टेलले तीन सदस्यीय मन्त्रिमण्डल बनाउनुभएकोमा गत माघ ११ गते मन्त्रिमण्डल विस्तारले पूर्णता पाएको थियो ।

यस्तै, चैत १० गते नेकपा एमालेका चार मन्त्री र गत फागुन १३ गते राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

१. शालिकराम जम्कट्टेल, मुख्यमन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

२. बहादुर सिं लामा (तामाङ), मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय

३. गंगा नारायण श्रेष्ठ,मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्रालय

४. कुमारी मुक्तान, मन्त्री, सामाजिक विकास मन्त्रालय

५. युवराज दुलाल,मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय

६. तीर्थबहादुर लामा,मन्त्री, खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय

७. रामकृष्ण चित्रकार, मन्त्री, विना विभागीय

८. डा. राजेन्द्रमान श्रेष्ठ, मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय

९. लक्ष्मण लम्साल, मन्त्री,श्रम, रोजगार तथा यातायात मन्त्रालय

१०. पुकार महर्जन, मन्त्री, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय

११. उत्तम जोशी,मन्त्री, स्वास्थ्य मन्त्रालय

१२. मसिना खड्का, मन्त्री, वन तथा वातावरण मन्त्रालय


प्रकाशित मिति: ७ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?