Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

सोमवारदेखि शुरु हुँदै सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन


काठमाडौं। सूर्य नेपाल गल्फ टुर २०२४/२५ सिजनको पहिलो प्रतियोगिता सेन्ट्रल ओपन सोमवारदेखि गोकर्ण गल्फ क्लवमा शुरु हुने भएको छ ।

नेपालका शिर्ष प्रोफेसनल र एमेच्योर गल्फरको प्रतिष्पर्धा गर्ने सूर्य नेपाल गल्फर टुरको २०२४/२५ सिजन सोमवारदेखि शुरु हुन लागेको हो । सूर्य नेपाल गल्फ टुरका कुल आठ प्रतियोगिता काठमाडौं, पोखरा र धरानमा हुन्छन्, तीमध्ये सबैभन्दा पहिलो प्रतिष्पर्धा सेन्ट्रल ओपन काठमाडौंबाट शुरु हुन लागेको हो । यस प्रतियोगितामा कुल ७२ होलमा प्रतिष्पर्धा हुनेछ । दुई चरण (३६ होल) को खेलपछि कट नियम लागू हुन्छन् । शिर्ष २१ प्रो.गल्फरले फाइनल चरण (३६ होल) का लागि प्रतिष्पर्धा गर्छन् ।

कट नियम पार गरेका शिर्ष ६ प्रो गल्फरले पनि दोस्रो चरणको यात्रा तय गर्नेछन् । कुल ३३ प्रोफेसनल र सात एमेच्योर गल्फरले सेन्ट्रल ओपनमा प्रतिष्पर्धा गर्ने भएका छन् । डिफेन्डिङ च्याम्पियन एमेच्योर गल्फर सद्भाव आचार्यसहित प्रो. गल्फर भूवन नगरकोटी, नीरज तामाङ, धन थापा, सञ्जय लामा, रवि खड्का, तोरण शाही र कुमार कामी सेन्ट्रल ओपनको मुख्य दाबेदार हुन् । सेन्ट्रल ओपनको विजेताले एक लाख ५० हजार, उपविजेता एक लाख र तेस्रो हुने गल्फरले ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

शिर्ष २१ गल्फरले नगद पुरस्कार प्राप्त गर्ने प्रतियोगिताको कुल पुरस्कार राशि आठ लाख ८२ हजार रुपैयाँ रहेको छ । नेपाल प्रोफेसनल गल्फर एशोसिएशनका अध्यक्ष रविन्द्रमान श्रेष्ठले यसपल्ट सूर्य नेपाल गल्फ टुर १८ औं वर्षमा पुगेको र यस प्रतियोगिता नेपाली गल्फरका लागि राम्रो माध्यम बनेको बताएका छन् ।


प्रकाशित मिति: ९ मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?