Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

जलवायुजन्य प्रकोप सम्बोधन हुनेगरी यातायात पूर्वाधार निर्माण हुनुपर्दछः मन्त्री दाहाल


काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जलवायुजन्य प्रकोप सम्बोधन हुनेगरी यातायातको पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

जलवायुजन्य प्रकोपका कारण मुलुकका विभिन्न भागका सडक लगायतका भौतिक पूर्वाधारमा ठूल्ठूला क्षति भइरहेका बेला उनले आईतवार काठमाडौंमा आयोजित यातायात पूर्वाधारसम्बन्धि प्राविधिक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री दाहालले यातायातको पूर्वाधार निर्माणमा मुलुकलाई विज्ञहरुको आवश्यकता रहेको स्पष्ट पारेका छन् । उनले वातावरणीय दृष्टिकोणबाट पनि अनुकुल हुनेगरी सडकलगायतका यातायात पूर्वाधार निर्माण गर्नका लागि सम्बन्धित क्षेत्रका विज्ञहरु हुनुपर्ने भएकाले सरकारले सोहीअनुसार अघि बढ्ने सोच बनाएको बताएका छन् ।

मन्त्री दाहालले भने, ‘इन्फास्ट्रक्चरमा इन्जिनियरिङ गरेका अथवा विज्ञता गरेकाहरुको हामीलाई आवश्यकता छ । र हाईड्रोलोजीमा विज्ञता गरेकाहरु पनि आवश्यक छ । र इन्भारोमेन्टल्ली पनि हामीले सोच्नुपर्नेछ । बाटाहरु बनाउने, सडक यातायातलाई व्यवस्थित गर्ने, यातायातका साधनहरुको सन्दर्भमा व्यवस्थित गर्ने इन्भारोमेन्टलाई मध्यनजर गरेर, क्लाईमेट चेन्जको ईस्युलाई पनि हामीले सम्बोधन गर्ने गरी सोच्नुपर्ने भएको छ ।’

मन्त्री दाहालले भौतिक पूर्वाधारको क्षेत्रमा खुलेर काम गर्नका लागि सरकारलाई बजेटको पनि अभाव रहेको बताएका छन् ।


प्रकाशित मिति: ९ मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?