Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

जलवायुजन्य प्रकोप सम्बोधन हुनेगरी यातायात पूर्वाधार निर्माण हुनुपर्दछः मन्त्री दाहाल


काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जलवायुजन्य प्रकोप सम्बोधन हुनेगरी यातायातको पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

जलवायुजन्य प्रकोपका कारण मुलुकका विभिन्न भागका सडक लगायतका भौतिक पूर्वाधारमा ठूल्ठूला क्षति भइरहेका बेला उनले आईतवार काठमाडौंमा आयोजित यातायात पूर्वाधारसम्बन्धि प्राविधिक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री दाहालले यातायातको पूर्वाधार निर्माणमा मुलुकलाई विज्ञहरुको आवश्यकता रहेको स्पष्ट पारेका छन् । उनले वातावरणीय दृष्टिकोणबाट पनि अनुकुल हुनेगरी सडकलगायतका यातायात पूर्वाधार निर्माण गर्नका लागि सम्बन्धित क्षेत्रका विज्ञहरु हुनुपर्ने भएकाले सरकारले सोहीअनुसार अघि बढ्ने सोच बनाएको बताएका छन् ।

मन्त्री दाहालले भने, ‘इन्फास्ट्रक्चरमा इन्जिनियरिङ गरेका अथवा विज्ञता गरेकाहरुको हामीलाई आवश्यकता छ । र हाईड्रोलोजीमा विज्ञता गरेकाहरु पनि आवश्यक छ । र इन्भारोमेन्टल्ली पनि हामीले सोच्नुपर्नेछ । बाटाहरु बनाउने, सडक यातायातलाई व्यवस्थित गर्ने, यातायातका साधनहरुको सन्दर्भमा व्यवस्थित गर्ने इन्भारोमेन्टलाई मध्यनजर गरेर, क्लाईमेट चेन्जको ईस्युलाई पनि हामीले सम्बोधन गर्ने गरी सोच्नुपर्ने भएको छ ।’

मन्त्री दाहालले भौतिक पूर्वाधारको क्षेत्रमा खुलेर काम गर्नका लागि सरकारलाई बजेटको पनि अभाव रहेको बताएका छन् ।


प्रकाशित मिति: ९ मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?