Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

राष्ट्रिय गौरवका आयोजनाहरुको काम छिटो सम्पन्न गर्न प्रधानमन्त्री ओलीको निर्देशन


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई तिब्रता दिन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् ।

आईतवार साँझ सिंहदरबारमा सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव र आयोजना प्रमुखहरुलाई बोलाएर उहाँले सो आयोजनामा देखिएका समस्या सुन्ने र चुप लागेर बस्ने काम नगर्न पनि सचेत गराएका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाका समस्याहरु समाधानका लागि आफू तयार रहेको उल्लेख गर्दै त्यसका लागि पहलकदमी लिन पनि सम्बन्धित निकायलाई निर्देशन दिदै उनले आयोजना प्रमुखहरुलाई अनावश्यक रुपमा काठमाडौं बोलाउने काम नगर्न र फिल्डमा नै बसेर काम गर्ने वातावरण बनाउन पनि मन्त्रीहरुको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रिय गौरवको आयोजनाहरुको कहाँ समस्या छ, त्यो कुरा आयोजना प्रमुखहरुले मन्त्री, सचिवजीलाई बताउनु होला । मन्त्रीजी, सचिवजीहरुले मलाई बताउनु होला । समस्याहरु छन भन्ने सुन्यो सिद्धियो गर्ने होइन । समस्या छ भने समाधान पनि छ । त्यसको समाधान चाहियो । समाधान गर्नु पर्छ । नत्र भने आयोजना लम्बिएको लम्बिएकै जान्छ । आयोजनाहरु लटकिनु भएन । तिनको समाधान गरेर अगाडि बढाउनु प¥यो समस्याको समाधान गरेर । बजेट अभावका डरलाग्दो अवस्था आएका छन् । आयोजना प्रमुखहरुलाई काममा मात्रै काठमाडौं बोलाउने काम गर्नु पर्छ । फाईल अघि बढाउने नाममा दुःख दिनुहुँदैन । उहाँहरुलाई आवश्यक्ता अनुसार मात्रै बोलाउने काम गर्नुपर्दछ । काम गर्न दिनुपर्दछ ।’

सो अवसरमा प्रधानमन्त्री ओलीले गृह मन्त्रालयले सबै राष्ट्रिय गौरवमा आयोजनाहरुमा सुरक्षाको उचित व्यवस्था मिलाउनुपर्ने पनि बताएका छन् ।


प्रकाशित मिति: ९ मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?