Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

सर्वसाधारण भन्छन् : धरहराको शुल्क बढी भयो तर पहिलाको भन्दा व्यवस्थित छ


काठमाडौं। सरकारले सर्वसाधारणका लागि आजदेखि सःशुल्क रुपमा धरहरा खुला गरेसँगै मानिसहरुको भीड बढेको छ । परीक्षणका रुपमा निःशुल्क खुला गरिएको धरहरा आजदेखि शुल्कसहित सञ्चालनमा आएपछि धरहरा चड्नेको भीड लागेको हो ।

सरकारले नेपाली सर्वसाधारणलाई २००, सार्क राष्ट्रका पर्यटकलाई ५०० र सार्क बाहेकका विदेशी पर्यटकहरुलाई १ हजार शुल्कसहित धरहरा खोलेको हो । धरहरा चढ्दा विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले भने ५० प्रतिशत छुट पाउने छन् । सरकारले धरहरा व्यवसायीक रुपमा संचालन गर्नु स्वागतयोग्य भएपनि चढ्न लाग्ने शुल्क बढी भएको अधिकांश सर्वसाधारणको गुनासो छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरुलाई सहुलियत दिएको भन्दै ज्येष्ठ नागरिक भने हर्षित भएका छन् । आईतवार न्युज एजेन्सी नेपालसँग धरहरा चढ्न पाउँदाको अनुभव सुनाउँदै कोभ्रकी विष्णुमाया गिरीले खुशी व्यक्त गरिन् ।

आफू सानो हुँदा काठमाडौंको बानेश्वर र कोटेश्वरमा केही घर मात्र रहेको सम्झिँदै उनले भनिन्, ‘पहिले त बानेश्वर र कोटेश्वरमा दुईचार घर थिए । आज धरहराबाट हेरेको त यत्रो मानिस बसेका रैछन् । पैतला टेक्ने ठाउँ नै छैन । पाँचतले घरसम्म चाहीँ पुगेको थिए । आज पहिलोपटक अग्लो घर चढ्न पाएँ । धरहरा चढ्न भनेर पाँच चोटि आइसके । जेठदेखि आउन थालेको आज बल्ल चढ्न मिल्यो ।’

आयआर्जनका लागि सरकारसँग धेरै विकल्प रहेको बताउँदै उनले धरहरालाई व्यवसायका रुपमा चलाउन नहुने बताइन् । त्यस्तै नवलपुरकी सुनिता सापकोटाले सरकारले कम शुल्क तोकेको खण्डमा अझै धेरै सर्वसाधारण चढ्न पाउने बताइन् ।

उनले भनिन्, ‘पहिलो पटक धरहरा चढेको रमाइलो अनुभव भइरहेको छ । तर, सरकारले धेरै नै शुल्क तोकेकोमा नरमाइलो समेत लागिरहेको छ । सबैले त पैसा तिर्न सक्नुहुन्न नि । त्यहि भएर यो रेट चाहीँ कम गरिदिनुप¥यो । छुट दियो भने अझै धेरै मानिसहरु आएर चढ्न पाउनुहुन्छ नि त’

२०७२ सालको भूकम्पमा भत्केको धरहराभन्दा पुनर्निर्माण गरिएको धरहरा अझ व्यवस्थित रहेको सर्वसाधारणको अनुभव छ ।


प्रकाशित मिति: ९ मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?