Trending
>>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

बनेपा बसपार्क सञ्चालनको तयारी


७ जेठ, काभ्रे । निर्माणको ३५ वर्षपछि काभ्रेपलाञ्चोकको बनेपा बसपार्क सञ्चालनको तयारी थालिएको छ । यसका लागि नगरपालिका कार्यालयले आवश्यक छलफलसहितको प्रक्रिया अघि बढाइएको जनाएको छ ।

चालिसको दशक सुरुवातमै अरनिको राजमार्गमा सवारीको सङ्ख्या बढ्न थालेपछि बनेपा नगरपालिका– ८ स्थित नगरपालिका कार्यालयसँगै बसपार्क निर्माण गरिएको थियो ।

मध्यपहाडी क्षेत्रको मुख्य व्यापारिक केन्द्रका रुपमा रहेको बनेपा नगरका अधिकांश स्थानीयले यातायातलाई मूल व्यवसाय बनाएपछि विसं २०४५ मा निर्माण गरिएको बसपार्क २०४९ मा पक्की बनाइएको थियो । बसपार्क निर्माणसँगै नगरले दायाँबायाँ सटर–कवल बनाइ होटललगायत व्यवसायका लागि भाडामा दिँदै आएको छ ।

हाल राजमार्गमा सवारी चाप बढ्न थालेपछि यही जेठ १० गतेबाट पूर्णरुपमा सञ्चालनमा ल्याउन लागिएको हो । यसअघि बनेपा चारदोबाटोस्थित सडकछेउमा यात्रुबाहक सवारी रोक्ने तथा पार्किङ गर्ने गरिएको थियो । बनेपा नगर क्षेत्रभित्रका यातायात व्यवस्थापन तथा बसपार्क सञ्चालनबारे नगरप्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा यातायात व्यवसायी तथा यातायात मजदुर सङ्गठनका प्रतिनिधिसहित बसेको बैठकले बसपार्क सञ्चालनको निर्णय गरेको छ ।

“लामो समय सञ्चालनमा नआएको बसपार्क जेठ १० गतेबाट पूर्णरुपमा सञ्चालनमा ल्याइनेछ, त्यसका लागि छलफलपछिका आवश्यक प्रक्रियासमेत भइरहेको छ”, शाक्यले भने ।

बैठकले अरनिको राजमार्ग भएर सञ्चालन हुने सबै यात्रुबाहक बस बनेपा बसपार्क प्रवेश गरेर यात्रु चढाउने र ओराल्ने व्यवस्था मिलाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेलाई आवश्यक कार्ययोजनासहितको व्यवस्थापन गर्न निर्देशन दिने निर्णय गरेको छ ।

बसपार्क सञ्चालनार्थ सवारी चाप व्यवस्थापन गर्न अरनिको राजमार्ग बनेपा सडकखण्डअन्तर्गत हाललाई बसपार्क प्रवेश गर्ने पश्चिमतर्फको प्रवेश मार्गदेखि तीन दोबाटोसम्म र चाँदनी चोकदेखि चारदोबाटोसम्मको दक्षिणतर्फको सर्भिस ट्राक खाली गराई सोही ट्र्याकबाट बस चलाउने निर्णयसमेत भएको छ ।

हाल बसपार्कमा बनेपाबाट जिल्लाभित्रका छोटो दूरी, पूर्व–पश्चिम लामो दूरीका लागि छुट्ने यात्रुबहाक बस तथा टिपर पार्किङ गर्दै आइएको छ । मध्यपहाडी जिल्लाको मुख्य व्यापारिक केन्द्रका रुपमा अवस्थित बनेपालाई यातायात नगरीको नामलेसमेत चिनिने गरिन्छ ।


प्रकाशित मिति: ७ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?