Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

सुशासनको प्रत्याभूतिका लागि सुरक्षा अनिवार्य सर्त : मुख्यमन्त्री कार्की


७ जेष्ठ ,मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासनको प्रत्याभूतिका लागि सुरक्षा अनिवार्य सर्त रहेको बताएका छन् ।

कोशी प्रदेश सरकारद्वारा विनियोजित बजेटबाट भौतिक पूर्वाधार विकास मन्त्रालय सहरी विकास तथा भवन कार्यालयद्वारा रु चार करोड चार लाख ६३ हजार हजार आठ सय ४२ को लागतमा ३४ कोठे तीनतले नवनिर्मित वडा प्रहरी कार्यालय विराटनगर–७ स्थित भवनको आज उद्घाटन गर्दै उनले सुरक्षालगायत महत्त्वपूर्ण कार्यका लागि नेपाली जनताले खोज्ने पहिलो साथी भनेको प्रहरी भएकाले यसलाई सुदुढ बनाउने कार्य भइरहेको उल्लेख गरे ।

मुख्यमन्त्री कार्कीले चाँडै प्रहरी समायोजन कानूनको व्यवस्थापनपछि प्रदेश प्रहरीलाई कानून बनाएर काम सञ्चालन गर्ने आशामा बसिरहेको जानकारी दिए । उनले प्रदेश सरकारले प्रहरीका ५१ भन्दा वढी नयाँ भवनबाहेक अन्य भौतिक संरचना निर्माण गरेको जानकारी दिँदै प्रहरीका ब्यारेक, महिला ड्रेस चेन्जिङ रुम, स्तनपान कक्षहरू, सेवाग्राही बस्ने स्थान, ३० थान चार चक्के र छ सय मोटर साइकल दिएको बताए ।

प्रदेश प्रहरीलाई सबै हिसाबले सदृढ एवं ‘प्रविधि मैत्री’ बनाउनाका साथै यसको माध्यमबाट प्रदेशमा शान्तिसुरक्षामा महत्त्वपूर्ण योगदान पुर्याउने काम गर्ने धारणा मुख्यमन्त्री कार्कीले राखे ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोलाले गरिब, पिछडिएका र सीमान्तकृत क्षेत्रका जनतालाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्न निर्देशन दिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक दीपक पाखेरेल र सहरी विकास तथा भवन कार्यालय विराटनगरका प्रमुख रुद्रनारायण मिश्रले नवनिर्मित भवनको माध्यमले नागरिकको सुरक्षामा गुणात्मक सुधार हुने विश्वास व्यक्त गरे ।


प्रकाशित मिति: ७ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?