Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

छिटो न्याय दिन सजाय छुटसम्बन्धी निर्देशिका : महान्यायाधिवक्ता


७ जेष्ठ ,काठमाडौँ । महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले न्याय प्रक्रियालाई छिटो सम्पन्न गर्नका लागि सजाय छुटसम्बन्धी निर्देशिकाले सहयोग गर्ने बताएका छन् ।

महान्यायाधिवक्ता कार्यालयले आज आयोजना गरेको सजाय छुट दिने माग दाबीसम्बन्धी निर्देशिक, २०८० कार्यान्वयनसम्बन्धी छलफलमा उनले अभियुक्तलाई थुनेर राखेर मात्रै नहुने हुँदा सजाय छुटसम्बन्धी व्यवस्था प्रभावकारी कार्यान्वयन गर्नुपरेमा जोड दिए ।

“नयाँ अवधारणा आउँदा मानिसलाई अप्ठ्यारो हुने भए पनि न्याय दिनका लागि सजाय छुट दिने निर्देशिका बनाएको हो, जेलमा राखेर मात्रै न्याय हुँदैन”, महान्यायाधिवक्ता पोखरेलले भने, “यसले पैसा बचत, छिटो न्याय र अपराध अनुसन्धानमा पनि सहयोग गर्छ ।”

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले निर्देशिकाले काम कारबाहीमा एकरूपता ल्याउने विश्वास व्यक्त गर्दै कार्यान्वयन गर्न अदालतले पनि अभिमुखीकरण गर्ने बताए ।

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अभियुक्तको स्वच्छ सुनुवाइको हक हुनुपर्ने र अनुसन्धानमा पनि गोपनीयताको हकको पालना गरी अपराधविहिन समाजको निर्माण गर्नुपर्नेमा जोड दिए ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव धनराज ज्ञवालीले अनुसन्धानकर्ता, अभियोजनकर्ता र अदालतले कसरी हेर्छ भन्ने कुरा महत्वपूर्ण रहेकोे र प्रभावकारी कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले अभियुक्तलाई छुट दिन निर्देशिका महत्वपूर्ण हुने र निर्देशिकामा पीडितको विमतिले पनि ठाउँ पाउनुपर्ने बताए । उनले २५ वटा मुद्दामा १५ वटा मुद्दामा सजाय छुटको माग दाबी गरिएको जानकारी दिए ।

महान्यायाधिवक्ताको परामर्शमा सरकारले २०८० वैशाख २८ गतेदेखि निर्देशिका कार्यान्वयनमा आएको छ । नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीका अनुसार पीडितलाई पनि सम्झौतामा राखिन्छ । सम्बन्धित अभियुक्तले कसुर स्वीकार गर्यो र प्रमाण जुटाउन सहयोग गरेमा सजायको छुट दिन सकिने स्पष्ट व्यवस्था छ ।


प्रकाशित मिति: ७ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?