Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

प्रअ विवादले पठनपाठन रोकियो, विद्यार्थी धर्नामा


७  जेठ, दाङ । दाङको दङ्गीशरण गाउँपालिका– ६ स्थित सिद्ध पृथ्वी माध्यामिक विद्यालयमा प्रधानाध्यापक विवादले पठनपाठन नै रोकिएको छ । सोही विद्यालयमा अहिले दुई प्रधानाध्यापक तोकिएपछि केही दिनदेखि विवाद भइरहेको छ । अहिले विद्यार्थी विद्यालय पोसाक, किताब, कापीसहित विद्यालयको गेटमा ताला लगाएर धर्ना गरिरहेका छन् । “सरहरुको आफ्नो विवाद छ, त्यसले गर्दा हाम्रो पढाइ रोकिएको छ, हामीलाई नै पढाउनुभएको छैन”, विद्यार्थी सुनिल केसीले भने, “त्यसैले हामीले तालाबन्दी गरेका हौँ ।”

दुई प्रधानाध्यापकको विवाद नटुङ्गिएसम्म तालाबन्दी नखोल्ने उनीहरुको भनाइ छ । विद्यालय व्यवस्थापन समितिले एक जना प्रधानाध्यापक तोकेको छ, भने गाउँपालिकाले अर्को प्रधानाध्यापक पठाएको छ । गत माघ १३ गते विद्यालय व्यवस्थापन समितिको बैठकले तत्कालीन सहायक प्रधानाध्यापक चन्द्रलाल जैसीलाई निमित्त प्रअ तोक्ने निर्णय गरेको थियो ।

तत्कालीन प्रधानाध्यापक हर्कबहादुर बुढाथोकीले राजीनामा दिएपछि जैसीलाई प्रअ तोकेपछि यो विषय विवादमा आएको हो । “यस अघिका प्रअ बुढाथोकीले स्वास्थ्यका कारण राजीनामा दिनुभयो”, जैसीले भने, “त्यसपछि तत्कालीन अवस्थाको सहायक प्रधानाध्यापक रहेको नाताले मलाई निमित्त प्रअका रुपमा विद्यालय व्यवस्थापन समितिले निर्णय गरेको हो ।”

त्यसपछि विद्यालयका पुराना शिक्षक बाबुराम अधिकारीले राजीनामा दिए । उनको राजीनामा विद्यालय व्यवस्थापन समितिले पनि सदर गरी जिल्ला शिक्षा विकास तथा समन्वय एकाइमा पठाइसकेको थियो । एकाइले उनको राजीनामा स्वीकृति गरेन र त्यसपछि उनी प्रधानाध्यापकमै दाबी गरेर विद्यालयमा आए । सोही अनुसार गाउँपालिकाको शिक्षा शाखाले पनि निवेदन दिन भनेपछि उनले पालिकामा निवेदन दिनुभयो र पालिकाले वरिष्ठ शिक्षकका रुपमा उनलाई प्रधानाध्यापक बनाएर पठायो ।

जैसीलाई व्यवस्थापन समितिले र अधिकारीलाई पालिकाले प्रअ बनाएपछि त्यो विवाद उत्पन्न भएको हो । पालिकाले ११ वैशाखमा अधिकारीलाई प्रअको पत्र थमाएपछि उनी १२ वैशाखमा विद्यालय गए । सोही दिन बसेको विद्यालय व्यवस्थापन समिति बैठकले अधिकारीलाई प्रअका रुपमा नस्वीकार्ने निर्णय गर्यो । त्यसयता नियमित जसो विवाद भएपछि विद्यार्थीको पठनपाठन पनि ठप्प छ । “मलाई पालिकाले नै प्रअका रुपमा पठायो”, अधिकारीले भने, “विद्यालय व्यवस्थापन समितिले मभन्दा कनिष्ट शिक्षक, जो बरियतामा चौँथो नम्बरमा हुनुहुन्थ्यो, उहाँलाई निमित्त प्रअको जिम्मा दिएको थियो ।”

कानुनमा नै वरिष्ठ शिक्षकलाई निमित्त प्रधानाध्यापकको जिम्मा तोक्नुपर्ने व्यवस्था रहेकाले सोही अनुसार पालिकाले अधिकारीलाई निमित्तको जिम्मेवारी दिएर पठाएको पालिकाका शिक्षा शाखा प्रमुख विनोद अधिकारीले बताए । “विद्यालय व्यवस्थापन समितिले कनिष्ट शिक्षकलाई निमित्त तोकेपछि त्यसलाई सच्याउन पालिकाले पत्र पठायौंँ”, उनले भने, “तर, त्यसको सुनुवाइ नभएपछि वरिष्ठ शिक्षकको उजुरीका आधारमा हामीले उहाँलाई निमित्त बनाएर पठाएका हौँ ।” अहिले निमित्त भए पनि विद्यालय व्यवस्थापन समितिले विज्ञापन निकालेर प्रधानाध्यापक नियुक्त गर्न सक्ने उनले बताए ।


प्रकाशित मिति: ७ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?