१२ श्रावण, दाङ दाङमा आर्थिक वर्ष २०७९÷८० मा दुई सय ९८ घरेलु तथा साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लालबहादुर गुरुङका अनुसार वाणिज्यतर्फ तीन सय २३ साना उद्योग बन्द भएका छन् । बन्द हुनेमा उत्पादनमूलक उद्योग ५४, पर्यटन उद्योग ४८ र सेवामूलक उद्योग ५६ रहेका
१२ श्रावण, सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ मंसापुरमा आज एक युवकको शव भेटिएको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१० इनर्वाका २२ वर्षीय तीर्थनारायण मण्डलको शव भेटिएको हो । यस्तै हनुमानगर कंकालिनी–१० कै अजय मण्डल गम्भीर घाइते अवस्थामा भेटिएका छन् । उनलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरिएको छ । प्रहरी
१२ श्रावण, काठमाडाैँ । यस वर्ष काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुमध्ये ‘ए प्लस’ ल्याउने विद्यार्थीको संख्या ७८% ले वृद्धि भएको छ । गएको वर्ष परीक्षामा सहभागी हुन आवेदन दिएका ३ हजार ९४३ छात्रछात्रामध्ये ८५ (२.१६%) जनाले ‘ए प्लस’ ग्रेड ल्याएका थिए । यस वर्ष ३ हजार ९१२ छात्रछात्राले
१२ श्रावण, ताप्लेजुङ । सुक्खा पहिरो खसेर अवरुद्ध बनेको मेची राजर्मागको ताप्लेजुङ खण्ड पुनः सञ्चालनमा आएको छ । फुङ्लिङ नगरपालिका–८ वैशाखे भिरमा खसेको सुक्खा पहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्ग १९ घन्टापछि खुलेको हो । ताप्लेजुङको दोखु–नाङ्खोल्याङ सडकखण्डस्थित खोक्से नजिक वैशाखे भिरमा माथिबाट ठुल्ठूला चट्टानसहित खसेको पहिराले सडक अवरुद्ध बनेको थियो
१२ श्रावण, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले चालु आवका लागि करदातालाई कर छुट सुविधा उपलब्ध गराएको छ । कामपाले उक्त सुविधा आर्थिक ऐन, २०८० अनुरूप उपलब्ध गराएको हो । उक्त सुविधा कामपामा स्थायी बसोबास भएका व्यक्तिलाई नागरिकता, मतदाता परिचयपत्र वा बसाइँसराइ प्रमाण पत्रका आधारमा दिइनेछ । उपलब्ध गराइएका कर छुटका शीर्षकमा सम्पत्ति
१२ श्रावण, चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचारमा आएका बिरामीमध्ये आठ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको साउन १ गतेदेखि आजसम्म सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो चौबीस घन्टामा मात्रै चार जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । कार्यालयका सूचना अधिकारी राम केसीका
१२ श्रावण, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका छन् । राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन सङ्ग्रहालयको समेत अवलोकन गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । सो अवसरमा राष्ट्रपति पौडेललाई पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले
१२ श्रावण, तनहुँ । तनहुँको दमौलीस्थित आन्तरिक राजस्व कार्यालयले आयकर, मूल्य अभिवृद्वि कर र अन्तःशुल्कतर्फको कर नबुझाएका ५६ उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको छ । तनहुँ, लमजुङ र गोरखाका उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको हो । तनहुँका २७, लमजुङका १३ र गोरखाका ६ व्यवसायीको खाता रोक्का गरिएको कार्यालयका सुब्बा
१२ ,श्रावण ,दोधारा चाँदनी । कञ्चनपुरमा पालिका, प्रदेश र सङ्घीय सरकारको गरी रु दुई अर्ब १७ करोड बढी बजेट फ्रिज भएको छ । गत आर्थिक वर्षमा पुँजीगत तथा चालुतर्फको विभिन्न शीर्षकमा आएको बजेटमध्ये रु दुई अर्ब १७ करोड ९२ लाख फ्रिज भएको हो । जिल्लाका विभिन्न सरकारी कार्यालयले चालु तथा
१२ ,श्रावण ,दिपायल । डोटीमा सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् । दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका पाँच वर्षीय सुशान्त साउद सेतीमा डुबेर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार बिहीबार खेल्ने क्रममा नदीमा डुबेका हुन् । उनीसँगै डुबेका चार वर्षीय मिलन साउदको