Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

दाङमा बन्द भए करीब तीन सय घरेलु उद्योग


१२ श्रावण, दाङ दाङमा आर्थिक वर्ष २०७९÷८० मा दुई सय ९८ घरेलु तथा साना उद्योग बन्द भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लालबहादुर गुरुङका अनुसार वाणिज्यतर्फ तीन सय २३ साना उद्योग बन्द भएका छन् । बन्द हुनेमा उत्पादनमूलक उद्योग ५४, पर्यटन उद्योग ४८ र सेवामूलक उद्योग ५६ रहेका छन् । कार्यालयमा आएर आधिकारिकरूपमा बन्द गराउनेको सङ्ख्या न्यून भएको उनले बताए ।

जिल्लामा आव २०७९÷८० मा सात सय ४२ घरेलु तथा साना उद्योग दर्ता भएका थिए । चालु तथा स्थिर पुँजीतर्फ रु एक अर्ब ४१ करोड एक लाख लगानी भएको छ । यसबाट रु ६३ लाख ३१ हजार राजश्व सङ्कलन भएको प्रमुख गुरुङले बताए। जिल्लामा हालसम्म ११ हजार तीन सय ८२ घरेलु तथा साना उद्योग रहेका छन् ।

विसं २०७९ असार मसान्तसम्म १० हजार नौ सय ३८ र आव २०७९÷८० मा सात सय ४२ उद्योग थपिएको तथ्याङ्कले देखाएको छ । एक वर्षको अवधिमा सात सय १७ उद्योग नवीकरण भएका छन् । आठ सय १२ उद्यमी थपिएका छन् । दुई हजार पाँच सय ५३ जनाले रोजगार प्राप्त गरेको तथ्याङ्क छ । उत्पादनमूलक उद्योग ७५ वटा दर्ता भएका छन् । यसमध्ये छ सय ९२ जनाले रोजगार प्राप्त गरेका छन् । एक सय ८९ उद्योग नवीकरण गरिएको उनले बताए ।

कृषि तथा वनजन्य उद्योगमा चार सय ३२ दर्ता भएका छन् । यसबाट एक हजार एक सय ६८ जनाले रोजगार प्राप्त गरेका छन् । कृषि तथा वनजन्य दुई सय १८ उद्योग नवीकरण भएका छन् । पर्यटन उद्योगतर्फ ८१ वटा थपिएका छन् भने ७० वटा नवीकरण भएका छन् । त्यस्ता उद्योगबाट चार सय ६५ जनाले रोजगार प्राप्त गरेका छन् । सेवामूलक दुई सय ४० उद्योग नवीकरण भएका छन् । वाणिज्यतर्फ आठ सय २७ फर्म दर्ता भएका छन् ।

कोभिड–१९ को प्रभावपछि वृद्धि गरिएको बैंक ब्याज, आर्थिक तरलतालगायत कारण बढीजसो उद्योग तथा वाणिज्य फर्म बन्द भएका हुन् । उद्योग तथा वाणिज्य फर्म बन्द भएपछि अहिले बजारमा व्यावसायिक सटर खाली रहेका छन् । उद्योगी तथा व्यवसायी विस्थापित भएका छन् ।


प्रकाशित मिति: १२ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?