Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

काठमाडाैँ महानगरले दियो नगरवासीलाई कर छुट सुविधा


१२ श्रावण, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले चालु आवका लागि करदातालाई कर छुट सुविधा उपलब्ध गराएको छ ।

कामपाले उक्त सुविधा आर्थिक ऐन, २०८० अनुरूप उपलब्ध गराएको हो । उक्त सुविधा कामपामा स्थायी बसोबास भएका व्यक्तिलाई नागरिकता, मतदाता परिचयपत्र वा बसाइँसराइ प्रमाण पत्रका आधारमा दिइनेछ ।

उपलब्ध गराइएका कर छुटका शीर्षकमा सम्पत्ति कर, बहाल कर, व्यवसाय करमा अवधि तोकेर छुट सुविधा उपलब्ध गराइएको छ । छुट सुविधा वडा कार्यालयबाट लिन सकिने कामपा राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले जानकारी दिए ।

नियमित कर दाखिला गर्ने सम्पत्ति कर र व्यवसाय बहाल करदातालाई २०८० पुस मसान्तसम्म उल्लेखित शीर्षकमा १० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ । महानगर क्षेत्रभित्र सञ्चालित होटल, रिसोर्ट वा चलचित्र घरको नाममा घरजग्गा भई वा लिजमा लिएर होटल, रिसोर्ट वा चलचित्र घर निर्माण गरी सञ्चालन गरेका करदातालाई बक्यौतासहितको सम्पत्ति करमा ३० प्रतिशतसम्म छुट दिइएको छ । यो सुविधा पुस मसान्तसम्मको लागि मात्र हो ।

व्यावसायिकरूपमा सवारीसाधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गर्ने करदातालाई भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुने प्रमुख काफ्लेको भनाइ छ ।

एक वडा एक नमूना उद्यम कार्यक्रमअन्तर्गत सञ्चालित उद्योग वा व्यवसायको दर्ता भएको तीन वर्षसम्म निजले तिर्न बुझाउनुपर्ने व्यवसाय कर र शुल्कको १५ प्रतिशत छुट हुनेछ । चालु आवसम्म करको दायरामा नआएका जुनसुकै उमेरका महिला, जनजाति, दलित, अपाङ्गता भएका र ३५ वर्षभन्दा कम उमेरका युवाका नाममा दर्ता भई सञ्चालनमा रहेका रु पाँच लाखसम्म पूँजीगत लगानी भएका उद्योग व्यवसाय, कम्पनी, संस्थाले २०८० पुसमसान्तभित्र कर दाखिला गरेमा जम्मा कर रकमको ४० प्रतिशत र नियमित कर दाखिला गर्ने करदाताका हकमा कर रकमको २५ प्रतिशत छुट हुनेछ ।

कामपाले लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम असुल गर्न ताकेता गरिरहेको छ । करदाताले विवरणसम्म लिएर नआएपछि ताकेता गरेको हो ।

 


प्रकाशित मिति: १२ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?