Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

काठमाडाैँमा ७८ प्रतिशतले बढ्यो सामुदायिक विद्यालयमा पढेर ‘ए प्लस’ ल्याउने विद्यार्थीको संख्या


१२ श्रावण, काठमाडाैँ । यस वर्ष काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुमध्ये ‘ए प्लस’ ल्याउने विद्यार्थीको संख्या ७८% ले वृद्धि भएको छ । गएको वर्ष परीक्षामा सहभागी हुन आवेदन दिएका ३ हजार ९४३ छात्रछात्रामध्ये ८५ (२.१६%) जनाले ‘ए प्लस’ ग्रेड ल्याएका थिए । यस वर्ष ३ हजार ९१२ छात्रछात्राले आवेदन दिएकामा १५० (३.८३%) छात्रछात्राले ‘ए प्लस’ ग्रेड ल्याएका छन् । आवेदकमध्ये गएको बर्ष १२५ (३.१७%) जना गयल भए भने यस बर्ष ५० (१.२३%) जना गयल देखिएका छन् । विद्यालय शिक्षाप्रति विद्यार्थीहरु नियमित हुन थालेका छन् । हामीले प्रारम्भ गरेका शैक्षिक कार्यक्रम समय सापेक्ष र व्यावहारिक भएको पुष्टि गरेको छ ।

गएको वर्ष ‘ए’ ग्रेड ल्याउने छात्रछात्राको संख्या ३२५ (८.२४%) जना थियो । यस वर्ष ४८६ (१२.४२%) पुगेको छ । यो ५१% वृद्धि दर हो । गएको वर्ष ६९७ (१७.६८%) जनाले ‘वी प्लस’ ग्रेडमा उत्तीर्ण गरेका थिए । यस वर्ष ८०४ (२०.५५%) जनाले ‘बी प्लस’ ग्रेड ल्याएका छन् । यो १६ प्रतिशत वृद्धि हो । गएको बर्ष ‘वी’ ल्याउने विद्यार्थीको संख्या ९६६ (२४.५०%) थियो । यस बर्ष ९७४ (२४.९०%) पुगेको छ ।

गएको बर्ष १००४ (२५.४६%) को ‘सी प्लस’ ग्रेड आएको थियो । यस बर्ष ‘सी प्लस’ ल्याउने विद्यार्थीको संख्या घटेर ९१३ (२३.३४%) पुगेको छ । यसको घट्दो प्रतिशत (–८ %) हो । यससँगै ‘सी’ ग्रेड ल्याउने विद्यार्थीको संख्या (–२९ %) ले घटेको छ । गएको बर्ष यस ग्रेडमा ६२० जना (१५.७२%) उत्तीर्ण थिए । यस बर्ष ४३५ (११.१२%) मा घटेको छ ।

महानगरभित्रका सामुदायिक विद्यालयमा यस बर्षदेखि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको संख्या बढेको र कमजोर ग्रेड ल्याउने विद्यार्थीको संख्या घटेको यो तथ्याङ्कले देखाएको छ ।

शैक्षिक सुधार कसरी भयो? जिज्ञासाको उत्तरमा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) भन्छन्, ‘गणित र विज्ञान विषयका लागि ५० वटा विद्यालयमा ५७ जना शिक्षक सहयोगी परिचालन गर्यौँ । गणित, विज्ञान, अङ्ग्रेजी, सामाजिक र नेपाली विषयमा सुधार गर्न सबै विद्यालयका लागि १७ जना शैक्षिक सहजकर्ता परिचालन गर्यौँ । उहाँहरुको संलग्नताले छात्रछात्राको शैक्षिक विकास कक्षा कोठाभित्र मात्र होइन । बाहिर समग्र रूपमा वृद्धि भएको छ ।’

उनि थप्दै भन्छन्, ‘९० जना शिक्षकलाई १० घन्टे आइसीटी इन एजुकेसन तालिम प्रदान गर्यौँ । शिक्षासँग प्रविधिलाई जोड्न र शैक्षिक क्रियाकलापको सबलीकरणका लागि डिजिटल वियोन्डसँगको सहकार्यमा तालिम भएको थियो । प्रविधिमैत्री सिप विकास, शिक्षकको विषयगत क्षमता विकास र शिक्षण सिकाई पेडागोजीमा सुधार, शिक्षकको समग्र चेतना विकासको लागि आधारभूत प्रशिक्षण, शिक्षण सिकाइका असल अभ्यास आदानप्रदान, विद्यार्थीको नतिजा सुधार कार्यक्रम हाम्रा सफलताका लागि साथ दिने कार्यक्रम हुन् ।’

महानगरपालिकाले विद्यालयमा सञ्चालन हुने अतिरिक्त क्रियाकलापमा जोड दिएपछि विद्यार्थीहरु पढाइमा थप रुचि राख्न थालेका छन्। अध्यापनका क्रियाकलापमा विद्यालयको सक्रियता बढ्न थालेको छ । प्रत्येक वडामा एउटा विद्यालयलाई सिकाई हब बनाएर शिक्षकहरूको सिकाई अभिवृद्धि गर्न विषयगत तालिम सञ्चालन हुनुको नतिजा कक्षाकोठा र परीक्षा फलमा बिम्बित भएको छ ।


प्रकाशित मिति: १२ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?