Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

कञ्चनपुरको दुई अर्ब १७ करोड बजेट फ्रिज


१२ ,श्रावण ,दोधारा चाँदनी । कञ्चनपुरमा पालिका, प्रदेश र सङ्घीय सरकारको गरी रु दुई अर्ब १७ करोड बढी बजेट फ्रिज भएको छ । गत आर्थिक वर्षमा पुँजीगत तथा चालुतर्फको विभिन्न शीर्षकमा आएको बजेटमध्ये रु दुई अर्ब १७ करोड ९२ लाख फ्रिज भएको हो ।

जिल्लाका विभिन्न सरकारी कार्यालयले चालु तथा पुँजीगत बजेट खर्च गर्न नसक्दा बजेट फ्रिज गर्नुपर्ने कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । प्रदेश लेखा एकाइ कार्यालय कञ्चनपुरका अनुसार प्रदेशका १९ वटा कार्यालयको रु एक अर्ब पाँच करोड नौ लाख फ्रिज गएको छ ।

त्यसैगरी कोष तथा लेखा नियन्त्रण कार्यालय कञ्चनपुरका अनुसार पालिका र सङ्घीय कार्यालयको रु एक अर्ब १७ करोड ३२ लाख फ्रिज भएको छ । प्रदेश लेखा एकाइ कार्यालयको तथ्याङ्कानुसार चालुतर्फ रु एक अर्ब २८ करोड ३४ लाखमध्ये रु एक अर्ब दुई करोड ३७ लाख खर्च भएको छ ।

पुँजीगततर्फ रु दुई अर्ब ३५ करोड ९७ लाखमध्ये रु एक अर्ब ६१ करोड २५ लाख खर्च भएको छ । चालुतर्फ रु २५ करोड ९७ लाख र पुँजीगततर्फ ७४ करोड ७१ लाख फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय कञ्चनपुरका सूचना अधिकारी विदाने जोशीका अनुसार सङ्घीय कार्यालयको जम्मा रु नौ अर्ब ७० करोड ६८ लाख २७ हजारमध्ये रु आठ अर्ब ८५ करोड १० हजार खर्च भएको छ भने रु ८५ करोड ५४ लाख १६ हजार बजेट फ्रिज भएको छ ।

त्यसैगरी यहाँका स्थानीय तहको कूल रु १४ अर्ब पाँच करोड ६० लाख ६३ हजार बजेटमध्ये रु १२ अर्ब ८८ करोड २७ लाख ७४ हजार बजेट फ्रिज भएको छ भने रु एक अर्ब १७ करोड ३२ लाख ८८ हजार बजेट फ्रिज भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय कञ्चनपुरका पूर्वप्रमुख विष्णुदत्त जोशीले बजेट खर्चको अख्तियारी ढिला आउनु र असारमा बजेट निकासा हुने प्रवृत्तिले विकास बजेटको ठूलो हिस्सा फ्रिज हुन नसकेको बताए । “अहिले विकास बजेट ११ प्रतिशतमात्रै खर्च भएको देखिन्छ यो धेरै न्यून हो”, उनले भने, “समयमा बजेट निकासा नहुँदा बजेट फ्रिज हुने गर्छ ।” उनले अर्थ मन्त्रालयबाट ढिलो गरी अख्तियारी आउने भएका कारण समयमा बजेट खर्च गर्न नसकिने बताए ।


प्रकाशित मिति: १२ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?