काठमाडौं । राष्ट्रियसभाको आजका लागि तोकिएको बैठक राष्ट्रिय शोक परेका कारण स्थगन भएको छ । आज बिहान ११ः१ बजेका लागि तोकिएको बैठक यही असोज २६ गते शुक्रबार बिहान ११ः३१ बजे बस्ने गरी अध्यक्ष गणेशपसाद तिमिल्सिनाले निर्धारण गर्नुभएको सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा जनाइको छ । इजरायलमा मारिएका
गोरखा । पर्यटकीय गन्तव्य गोरखाको बारपाक र लाप्राक जोड्ने सडकखण्ड झन्डै तीन महिनादेखि अवरुद्ध छ । वर्षा सुरु भएदेखि नै पहिराले अवरुद्ध भएको सडक अझैसम्म पनि सञ्चालन हुन नसक्दा लाप्राकमा दैनिक उपभोग्य सामग्री पुर्याउनसमेत कठिनाइ भएको स्थानीयले बताएका छन् । “सडकमा गाडी चल्न नसकेको तीन महिना भइसक्दा पनि अवरुद्ध सडक
२३ ,असोज ,गण्डकी । घरपालुवा कुकुरलाई जथाभावी दिशा–पिसाब गराउने कुकुरधनीलाई पोखरा महानगरले कारबाही गर्ने भएको छ । सार्वजनिकस्थल, सडक तथा खुला स्थानमा कुकुरलाई शौच गराएको पाइएमा फोहरमैला व्यवस्थापन नियमावलीअनुसार कारबाही गरिने महानगरको सरसफाइ शाखाका प्रमुख कल्पना बरालले बताईन् । “घरमा पालेका कुकुरलाई बाहिर खुला ठाउँमा लगेर दिसा–पिसाब गराउने गरेको व्यापक
२३ ,असोज ,कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सुरक्षित कर्णाली विशेष अभियान, २०८०’ का साथमा ‘लागुऔषधविरुद्ध लालटिन’ सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रदेश प्रहरी सुर्खेतले सोमबार वीरेन्द्रनगरमा अन्तक्र्रिया तथा छलफल कार्यक्रम गरी सरोकारवालाबाट उक्त अभियान सञ्चालनका लागि सुझाव सङ्कलन गरिएको छ । पछिल्लो समयमा लागुऔषधको कारोबारी तथा
२३ ,असोज ,झापा । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री गर्न कानुनले निषेध गरेता पनि मेचीनगर नगरपालिका क्षेत्रमा खुला यसको बिक्री वितरण भइरहेको छ । उपभोक्ता जागरण अभियान मेचीनगरले हालै गरेको अनुगमनमा मेचीनगर नगरपालिकाको प्रशासनिक कार्यालय, वडा कार्यालय, शिक्षण संस्था, अस्पताललगायतका सार्वजनिकस्थलबाट एक सय मिटरभित्र चुरोट, बिँडी, खैनी र गुट्खाको
२३ ,असोज ,महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको महाकाली नदी किनारामा रु एक लाख पुरस्कार राशिको खुला बिचभलिबल प्रतियोगिता हुने भएको छ । यहाँस्थित नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेक र कञ्चनपुर जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनामा पहिलोपटक प्रथम पुरुष खुला तथा भेट्रान भलिबल प्रतियोगिता यही असोज २९ गतेदेखि
काठमाडौं । एसिसी यू–१९ प्रिमियर कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले काठमाडौंमा एक कार्यक्रम गरी टोलीको बिदाइ गरेको हो । टोलीलाई बिदाइ गर्दै क्यानका सचिव पारस खड्काले यू–१९ टिम गरेको प्रदर्शन सिनियर टिममा आउने महत्वपूर्ण बाटो भएकाले सबैलाई राम्रो प्रदर्शन गर्न शुभकामना
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले मुलुकका विभिन्न भागमा सञ्चालनमा रहेका बालसुधार गृहको भौतिक पूर्वाधार र व्यवस्थापनको अवस्था अत्यन्त दयनीय रहेको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा मन्त्री आचार्यले राज्यको सीमित स्रोत र साधनले बालगृहको सहज व्यवस्थापनमा चुनौती खडा भएको
काठमाडौं । नेपालका लागि युरोपियन युनियनका नवनियुक्त राजदूत भेरोनिक लोरेन्जोले नेपालको संविधान र सङ्घीय शासन व्यवस्थासहित समृद्धिका पक्षमा गरिरहेको सहयोगलाई निरन्तरता दिइने बताएका छन् । नवनियुक्त राजदूत लोरेन्जोले आज सङ्घीय शासन व्यवस्था अपनाएको नेपालको समृद्धिमा सहयोग जारी रहने बताएका हुन् । राजदूत लोरेन्जोले नेपालको गुणस्तरीय शिक्षा, क्षमतामूलक समाज निर्माण, जलवायु
काठमाडौं । विवादास्पद अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दलेका छन् । राजधानीको एक होटलमा प्रसाईंले दिउँसो १२:४५ बजे पत्रकार सम्मेलन राखेका थिए । कार्यक्रम हलबाट बाहिरिएलगत्तै उनलाई अज्ञात व्यक्तिहरुले कालोमोसो दलेका हुन् । प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापामा ल्याएर ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र