Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

बालसुधार गृहको पूर्वाधार र व्यवस्थापन दयनीय : मन्त्री आचार्य


काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले मुलुकका विभिन्न भागमा सञ्चालनमा रहेका बालसुधार गृहको भौतिक पूर्वाधार र व्यवस्थापनको अवस्था अत्यन्त दयनीय रहेको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा मन्त्री आचार्यले राज्यको सीमित स्रोत र साधनले बालगृहको सहज व्यवस्थापनमा चुनौती खडा भएको उल्लेख गरे । मन्त्री आचार्यले भने, “बालगृहको अवस्था उकुसमुकुस र दयनीय छ, साधन र स्रोत सीमित छ, राज्य गम्भीर भएर सोच्नुपर्ने अवस्था छ ।” विगतमा गरेको गल्ती महशुस गर्दै सुधारको बाटोबाट लैजाने र असल नागरिक निर्माण गर्ने हेतुले सञ्चालन गरिएका बालसुधार गृहमा भौतिक पूर्वाधार र व्यवस्थापन चुस्त हुन नसक्दा बालबालिका एउटै खाटमा बस्ने, सुत्ने र खेल्नुपर्ने अवस्था देखिएको उहाँको भनाइ छ ।

बालसुधार गृहको अवस्थाले सबैलाई लज्जाबोध सिर्जना गरेको बताउँदै मन्त्री आचार्यले न्यूनतम पूर्वाधारको अभावमा त्यहाँ रहेका बालबालिका शौचालय जानसमेत लाइन बस्ने बाध्यात्मक परिस्थिति रहेको जानकारी दिए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव सुमनराज अर्यालले मुलुकका आठ स्थानमा सञ्चालनमा रहेका सुधार गृहको कमजोर भौतिक पूर्वाधारका कारण क्षमताभन्दा दोब्बर बढी सङ्ख्यामा बालबालिका राख्न बाध्य भएको बताए । उनले युसेफ नामक गैरसरकारी संस्थाको सञ्चालनमा भक्तपुर, मोरङ, कास्की र बाँके र सरकारी स्वामित्वमा डोटी, पर्सा, मकवानपुर र रुपन्देहीमा सुधार गृह सञ्चालन भइरहेको समेत बताए ।

गैरसरकारी संस्थाको सञ्चालनमा रहेका सुधार गृहको क्षमता तीन ४० रहेकामा हाल सात सय ९९ जना राखिएको छ भने सरकारी व्यवस्थापनमा सञ्चालनमा रहेका सुधारगृहको क्षमता एक सय ६५ रहेकामा हाल तीन सय ४४ बालबालिका छन् । बालगृहमा एक सय ४१ जना १८ वर्ष उमेर नाघेका नागरिक छन् । बैठकमा सदस्यहरुले सुधार गृहको व्यवस्थापन कमजोर रहेका कारण बस्ने र खाना खाने स्थान निकै साँघुरो एवं सरसफाइका दृष्टिकोणबाट समेत चुनौतीपूर्ण देखिएकाले तत्काल सुधारका कदम चाल्न सरकारलाई सुझाव दिएका थिए ।


प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?