Trending
>>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

नेपाल पर्वतारोहण संघमा फुर गेल्जे शेर्पा समूहको उम्मेदवारी घोषणा


काठमाडौँ । पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था नेपाल पर्वतारोहण संघ (एनएमए) मा फुर गेल्जे शेर्पाले समूहले उम्मेदवारी घोषणा गरेको छ ।

शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उक्त समूहले उम्मेदवारी घोषणा गरेको हो । अगामी भदौ ७ मा काठमाडौंमा हुने संघको महाधिवेशनका शेर्पाको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा काजी शेर्पा (स्पिडकाजी), द्वितीय उपाध्यक्षमा बोध राज भण्डारी, महासचिवमा राजेन्द्र बहादुर लामा, सचिवमा चन्दन थापा र कोषाध्यक्षमा ङिमा नुर्वु शेर्पा उम्मेदवार रहेका छन् । संघको सदस्य पदमा शेर्पा समूहबाट केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, माधवकुमार धमला, देण्डी शेर्पा, विक्रम कार्की, रिन्जे शेर्पा, देवेन्द्र डंगोल, डोल्मा लामा र निशा भोटे उम्मेदवार रहने छन् ।

नेपाल सरकारसँगको समन्वयमार्फत अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि उकास्ने, आपतकालीन उद्धारका लागि आरोही कल्याणकारी कोषलाई व्यवस्थित गर्ने, नेपालमै माउन्टेन टुरिज्म युनिभर्सिटी स्थापना गर्ने, पर्वतीय पर्यटनमा शिक्षित युवाको प्रवेश, आरोही र हिमालप्रेमीको सुविधा, पूर्वाधार सुधार र सीप विकासलाई प्राथमिकता दिने शर्मा समूहका एजेण्डा रहेका छन् ।

उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै अध्यक्षका दाबेदार शर्माले पर्वतीय क्षेत्रमा पर्यटन व्यवसायको प्रवद्र्धन गर्नको लागि सरकारसँग समन्वय गरेर अघि बढ्ने आफ्नो योजना रहेको बताए । उनले पर्यटन व्यवसायी र आरोहीहरुको हितका लागि अहोरात्र खट्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले नेपालमै माउन्टेन टुरिज्म युनिभर्सिटी सञ्चालन गर्ने बताए । उनले विश्व कीर्तिमानी राखेका आरोहीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष सुविधा दिलाउन सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्ति पनि गरेका छन् ।

उनले हिमाल र पर्वतीय पर्यटनको प्रवद्र्धनका लागि विभिन्न पूर्वाधार तथा आकर्षण विकास गर्ने योजना समेत अघि सारेका छन् ।


प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?