Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

नेपाल पर्वतारोहण संघमा फुर गेल्जे शेर्पा समूहको उम्मेदवारी घोषणा


काठमाडौँ । पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था नेपाल पर्वतारोहण संघ (एनएमए) मा फुर गेल्जे शेर्पाले समूहले उम्मेदवारी घोषणा गरेको छ ।

शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उक्त समूहले उम्मेदवारी घोषणा गरेको हो । अगामी भदौ ७ मा काठमाडौंमा हुने संघको महाधिवेशनका शेर्पाको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा काजी शेर्पा (स्पिडकाजी), द्वितीय उपाध्यक्षमा बोध राज भण्डारी, महासचिवमा राजेन्द्र बहादुर लामा, सचिवमा चन्दन थापा र कोषाध्यक्षमा ङिमा नुर्वु शेर्पा उम्मेदवार रहेका छन् । संघको सदस्य पदमा शेर्पा समूहबाट केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, माधवकुमार धमला, देण्डी शेर्पा, विक्रम कार्की, रिन्जे शेर्पा, देवेन्द्र डंगोल, डोल्मा लामा र निशा भोटे उम्मेदवार रहने छन् ।

नेपाल सरकारसँगको समन्वयमार्फत अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि उकास्ने, आपतकालीन उद्धारका लागि आरोही कल्याणकारी कोषलाई व्यवस्थित गर्ने, नेपालमै माउन्टेन टुरिज्म युनिभर्सिटी स्थापना गर्ने, पर्वतीय पर्यटनमा शिक्षित युवाको प्रवेश, आरोही र हिमालप्रेमीको सुविधा, पूर्वाधार सुधार र सीप विकासलाई प्राथमिकता दिने शर्मा समूहका एजेण्डा रहेका छन् ।

उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै अध्यक्षका दाबेदार शर्माले पर्वतीय क्षेत्रमा पर्यटन व्यवसायको प्रवद्र्धन गर्नको लागि सरकारसँग समन्वय गरेर अघि बढ्ने आफ्नो योजना रहेको बताए । उनले पर्यटन व्यवसायी र आरोहीहरुको हितका लागि अहोरात्र खट्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले नेपालमै माउन्टेन टुरिज्म युनिभर्सिटी सञ्चालन गर्ने बताए । उनले विश्व कीर्तिमानी राखेका आरोहीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष सुविधा दिलाउन सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्ति पनि गरेका छन् ।

उनले हिमाल र पर्वतीय पर्यटनको प्रवद्र्धनका लागि विभिन्न पूर्वाधार तथा आकर्षण विकास गर्ने योजना समेत अघि सारेका छन् ।


प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?