Trending
>>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

श्रमीक स्वस्थ भए मुलुक स्वस्थ हुन्छः श्रममन्त्री भण्डारी


काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रशतसिंह भण्डारीले श्रमीक स्वस्थ भए मुलुक स्वस्थ हुने बताएका छन् ।

शुक्रवार सिंहदरबारमा प्रत्यके प्रदेशमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट अभ्यास गर्ने प्रतिष्ठानहरुलाई सम्मान गर्दै उनले हरेक श्रमीकको जिम्मेवारी सरकारको भएको बताएका छन् । उनले श्रमीक स्वस्थ भए प्रतिष्ठान स्वस्थ हुने र मुलुक स्वस्थ हुने जिकिर गरेका छन् । उनले सबैले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्नुपर्नेमा पनि जोड दिए । सरकार अहिले श्रम ऐन र विभिन्न ट्रेड युनियन ऐन संशोधन गर्ने प्रक्रियामा रहेको पनि बताए ।

उनले भने, ‘हरेक श्रमीकको जिम्मेवारी हाम्रो हो । त्यो श्रमीक स्वस्थ भयो भने प्रतिष्ठान पनि स्वस्थ हुन्छ । मुलुक स्वस्थ हुन्छ । हामी सबैले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक लिनुपर्छ । तपाईंहरुको प्रतिष्ठानले उदाहरणीय काम गर्नुभएको छ । तपाईंहरुको प्रतिष्ठानको उदाहरण मन्त्रालयले अरु प्रतिष्ठानले पनि गर्नसक्छ भनेर उदाहरण दिनसक्छ । आगामी दिनमा हामीले धेरै कुराहरु परिवर्तन गर्नुपर्ने भएको छ । अन्तर्राष्ट्रिय मान्यताहरु अघि बढाउनुपर्ने भएको छ । हामी अहिले श्रम ऐन संशोधन गर्ने प्रक्रियामा छौँ, विभिन्न टे«ड युनियन ऐन संशोधन गर्ने प्रक्रियामा छौँ ।’

मन्त्री भण्डारीले श्रमीकको हितलाई मध्यनजर गरी सबैको हित हुनेगरी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।


प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?