Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

कर्णालीमा ‘लागुऔषधविरुद्ध लालटिन’ अभियान


२३ ,असोज ,कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सुरक्षित कर्णाली विशेष अभियान, २०८०’ का साथमा ‘लागुऔषधविरुद्ध लालटिन’ सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

प्रदेश प्रहरी सुर्खेतले सोमबार वीरेन्द्रनगरमा अन्तक्र्रिया तथा छलफल कार्यक्रम गरी सरोकारवालाबाट उक्त अभियान सञ्चालनका लागि सुझाव सङ्कलन गरिएको छ ।

पछिल्लो समयमा लागुऔषधको कारोबारी तथा प्रयोगकर्ताको सङ्ख्या बढ्दै जान थालेपछि यहाँको शान्ति सुरक्षामा देखिएको चुनौती सामना गर्ने ध्येयले रणनीतिक योजनासहितको अभियान तयारीका लागि सुझाव सङ्कलन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

उनका अनुसार सुरक्षित कर्णाली विशेष अभियानको प्रारम्भका बेला प्रहरीले एक लाख ८४ हजार नागरिकको घरमा स्टिकर टाँसेको थियो । अब भने ‘लागुऔषधविरुद्ध लालटिन अभियान’ सुरु गर्न लागेको हो ।

यो अभियानको यही असोज २५ गते उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले औपचारिकरूपमा उद्घाटन गरी अगाडि बढाउने कार्यक्रम तय भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?