Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

प्रिमियर कप खेल्न जाने नेपाली टोलीको बिदाइ


काठमाडौं । एसिसी यू–१९ प्रिमियर कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले काठमाडौंमा एक कार्यक्रम गरी टोलीको बिदाइ गरेको हो । टोलीलाई बिदाइ गर्दै क्यानका सचिव पारस खड्काले यू–१९ टिम गरेको प्रदर्शन सिनियर टिममा आउने महत्वपूर्ण बाटो भएकाले सबैलाई राम्रो प्रदर्शन गर्न शुभकामना समेत दिए । ‘नेपाली क्रिकेट टिमको इतिहास हेर्ने हो भने यू–१९ मा राम्रो गर्ने खेलाडीले नेपाली क्रिकेटमा लामो समय खेल्ने इतिहास बनाउने मौका छ’ उनले भने । सो प्रिमियर कपको विजेता बनेमा नेपालले एसिया कप क्रिकेट खेल्न पाउने छ ।

खड्काले प्रिमियर कप र एसिया कप विश्वकपका लागि राम्रो परीक्षा भएको भन्दै यस प्रतियोगितामा राम्रो प्रदर्शन गर्न खेलाडीहरुलाई आग्रह गरेका छन् । गत फेब्रुअरीमा नेपाललाई यू–१९ विश्वकपमा छनोट गराउने खेलाडीले नै एसीसी प्रिमियर कप खेल्दै छन् । बिहीबारदेखि सुरु हुने प्रतियोगितामा सहभागी १६ टिमलाई ४ समूहमा विभाजन गरिएको छ । नेपालले समूह चरणमा बहराइन, साउदी अरेबिया र इरानसँग खेल्ने छ । समूह चरणमा शीर्ष स्थानमा रहने टिम सेमिफाइनलमा पुग्ने छ ।

 


प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?