Trending
>>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना >>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

ईयूले नेपालको संविधान र सङ्घीय शासनमा सहयोग गर्ने


काठमाडौं । नेपालका लागि युरोपियन युनियनका नवनियुक्त राजदूत भेरोनिक लोरेन्जोले नेपालको संविधान र सङ्घीय शासन व्यवस्थासहित समृद्धिका पक्षमा गरिरहेको सहयोगलाई निरन्तरता दिइने बताएका छन् । नवनियुक्त राजदूत लोरेन्जोले आज सङ्घीय शासन व्यवस्था अपनाएको नेपालको समृद्धिमा सहयोग जारी रहने बताएका हुन् । राजदूत लोरेन्जोले नेपालको गुणस्तरीय शिक्षा, क्षमतामूलक समाज निर्माण, जलवायु परिवर्तन, दिगो विकास, ऊर्जा क्षेत्रको विस्तार एवं प्रवर्धन तथा मानव अधिकार संरक्षणलगायत क्षेत्रमा प्रदान गरिँदै आएको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरे ।

महत्वपूर्ण विकास साझेदारका हैसियतले पाँच वर्षीय योजनाअन्तर्गत सन् २०२६ सम्मका लागि नेपाललाई तीन खर्ब तीनसय विलियन युरो सहयोग गर्नेगरी ईयुको कार्यक्रम सार्वजनिक भएको स्मरण गर्दै उनले लक्षित उपलब्धि हासिल गर्नेका लागि सबैको तर्फबाट आवश्यक साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।


प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?