Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
१ माघ २०८२, बिहीबार
१ माघ २०८२, बिहीबार

प्रदेश समाचार


अन्नपूर्णमा अनलाइन राजस्व भुक्तानी सेवा

२६ वैशाख ,अन्नपूर्ण (कास्की) । कास्कीको अन्नपूर्ण गाउँपालिकाले अनलाइनबाटै राजस्व भुक्तानीको सुरूआत गरेको छ । सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत पालिकाले अनलाइन भुक्तानी सेवा थालनी गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीका सचिव मनमाया भट्टराई पङ्गेनी र अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले संयुक्तरूपमा अनलाइन सेवाको शुभारम्भ गरेका हुन् ।

प्रधानन्यायाधीशमा कार्की सिफारिस

२५ वैशाख ,काठमाडौँ । संवैधानिक परिषद्को आज बसेको बैठकले प्रधानन्यायाधीशमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा परिषद्को आज बसेको बैठकले प्रधानन्यायाधीश नियुक्ति गर्नका लागि कार्कीको नाम सर्वसम्मत सिफारिस गरेको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको उक्त बैठकमा

कालीकोटमा प्रहरीमाथि आक्रमण

२५ वैशाख ,मान्म । कालीकोटमा बलात्कारको आरोप लागेका एक जनालाई पक्राउ गर्न गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेका छन् । बलात्कारको आरोप लागेका पलाँता गाउँपालिका–६ सैनका ३१ वर्षीय संकल्प बुढालाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आज गाउँलेले आक्रमण गरेका हुन् । आक्रमणबाट इलाका प्रहरी कार्यालय पलाँताका प्रहरी सहायक निरीक्षक

जग्गाको स्वामित्व नपाउँदा विमानस्थल निर्माणमा अल्झन

२५ वैशाख ,दोधारा चाँदनी । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थललाई जग्गाको स्वामित्व प्राप्त हुन नसक्दा निमार्णको काम प्रभावित भएको छ । विमानस्थलको दक्षिणतर्फ रत्न वाटिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहतको जमिन विमानस्थललाई उपलब्ध नहुदा निर्माणको काम प्रभावित बनेको हो । विमानस्थलको आफ्नो नाममा भएको जग्गामा निर्माण कार्य सम्पन्न

लुम्बिनीमा तत्काल मन्त्रिपरिषद् विस्तार हुन्छ : मुख्यमन्त्री चौधरी

२५ वैशाख ,तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा तत्काल मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । दाङको तुलसीपुरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री चौधरीले दुई/चार दिनमै मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् । “सबै प्रदेशको एकैपटक मन्त्रिमण्डल विस्तार गरौँ भन्ने नीतिगत निर्णय भएको छ”, उनले भने । नेपाली कांग्रेस,

श्रेष्ठलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

२५ वैशाख ,काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आज श्रेष्ठलाई रास्वपाले कारबाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “प्रतिनिधिसभा

बुधबार आलिसानमा यश कुमारको कन्सर्ट

२५ वैशाख ,काठमाडौँ । गायक तथा अभिनेता यश कुमार कमलपोखरीस्थित आलिसान लाउन्ज एन्ड क्लबमा गुन्जिने भएका छन् । बुधबार राति ब्यान्डसहित उनको लाइभ कन्सर्ट तय भएको हो । साझ ७ बजेबाट ‘डुअर ओपन’ हुने कन्सर्टमा यशले ब्यान्डसहित आफ्ना चर्चित नयाँ–पुराना गीतहरु गाउने तयारी रहेको आलिशानका सञ्चालक राम थापाले जानकारी दिए

शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवाला सबै गम्भीर हुनुपर्छ : मन्त्री शर्मा

२५ वैशाख ,ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले शैक्षिक गुणस्तर सुधारका लागि सबै सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने बताएकि छन् । ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित फुल्चोकी माध्यमिक विद्यालयको ६४औँ स्थापना दिवस कार्यक्रममा सहभागी हुँदै मन्त्री शर्माले स्थानीय तहका जनप्रतिनिधिले शैक्षिक गुणस्तर सुधारका लागि प्रभावकारी योजना

श्री एयरलाइन्सको जहाज उडानमा प्रतिबन्ध

२५ वैशाख ,काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक समस्या देखिएको श्री एयरलाइन्सको नाइन एन–एएनइ (डीएचसी–८–४०२) जहाज उडानमा प्रतिबन्ध लगाएको छ । प्राधिकरणले सूचना जारी गर्दै अर्को सूचना नआउन्जेलका लागि उक्त जहाज सञ्चालनमा रोक लगाइएको हो । भैरहवाबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि बीच बाटोबाटै भैरहवा

बलात्कार आरोपितलाई पक्राउ गर्न जाँदा गाउँलेहरूले प्रहरीमाथि गरे आक्रमण

२५ वैशाख, कालीकोट । कालीकोट जिल्लाको पलाँता गाउँपालिका–६ सैनका ३१ वर्षीय शंङ्क बुढालाई पक्राउ गर्न गएको प्रहरी माथि गाउँलेले आक्रमण गरेका छन् । बलात्कारको आरोप लागेका फरार बुढालाई पक्राउ गर्न जाँदा गाउँले प्रहरी र पीडित परिवार माथि आक्रमण गरेका हुन्। सोमबार बिहान साढे ६ बजेतिर बुढालाई प्रहरीले हत्कडी लगाएर सदरमुकाम मान्म

सम्वन्धित समाचारहरु