Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

आम सञ्चार माध्यामलाई टिक्न गाह्रो हुने अवस्था आएको छः सञ्चारमन्त्री खरेल


काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आम सञ्चार माध्यामलाई टिक्न कठिनाई हुने अवस्था आएको बताएका छन् ।

आईतवार सार्वजनिक सेवा प्रशारण तथा एनटिभी वल्र्डको औपचारिक शुभारम्भ समारोहमा बोल्दै उमन्त्री खरेलले सामाजिक सञ्जालको दवदवाले आम सञ्चार माध्यामहरुलाई काम गर्न नै कठिन भएको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढ्नुपर्ने आवश्यक रहेको समेत स्पष्ट पारेका छन् । उनले आजबाट शुभारम्भ भएको एनटिभी वल्र्ड च्यानलले बाँकि विश्वलाई हेर्न र बुझन महत्वपूर्ण योगदान पुर्याउने विश्वा समेत व्यक्त गरे । मन्त्री खरेलले सार्वजनिक सेवा प्रशारण संस्थालाई आवश्यक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

उनले भने,‘अबको दिन बडो चुनौतिपूर्ण छ । अब आम सञ्चार माध्यामलाई टिक्न गाह्रो छ । थेगिन गाह्रो छ । काम गर्न गाह्रो छ । व्यवसायिकतामा धेरै प्रश्नहरु छन । यो चुनौतिको बीचमा हामी जुन काम शुभारम्भ गरेका छौँ । यसले नेपाल र नेपाली मात्रै नभएर बाँकि विश्वलाई नेपालको आँखाबाट हेर्नका लागि यो एनटिभी वल्र्डले महत्वपूर्ण भुमिका निर्वाह गर्छ भन्ने लागेको छ । अरु कुराहरु आगामी दिनमा धेरै गर्नु छ । यतातर्फ नपाल सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तर्फबाट सार्वजनिक सेवा प्रशारण संस्था यो पिएसपीलाई आवश्यक सहयोग गर्न नेपाल सरकार प्रतिवद्ध छ ।’

मन्त्री खरेलले सार्वजनिक सेवा प्रशारण संस्थाहरुले आफ्नो प्रश्तुतिमा धेरै सुधार गर्नुपर्ने आवश्यकतामा समेत औँल्याएका छन् ।


प्रकाशित मिति: २३ कार्तिक २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?