Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

बलात्कार आरोपितलाई पक्राउ गर्न जाँदा गाउँलेहरूले प्रहरीमाथि गरे आक्रमण


२५ वैशाख, कालीकोट । कालीकोट जिल्लाको पलाँता गाउँपालिका–६ सैनका ३१ वर्षीय शंङ्क बुढालाई पक्राउ गर्न गएको प्रहरी माथि गाउँलेले आक्रमण गरेका छन् । बलात्कारको आरोप लागेका फरार बुढालाई पक्राउ गर्न जाँदा गाउँले प्रहरी र पीडित परिवार माथि आक्रमण गरेका हुन्।

सोमबार बिहान साढे ६ बजेतिर बुढालाई प्रहरीले हत्कडी लगाएर सदरमुकाम मान्म ल्याउने क्रममा स्थानीयले प्रहरीसँगै पीडित महिलाका परिवारमाथि आक्रमण गरेका थिए । घटनास्थलमै पुगेका जिल्ला प्रहरी कार्यालय, कालीकोटका प्रहरी निरीक्षक यज्ञराज जोसिले गाउँलेहरूको आक्रमणबाट प्रहरी सहायक निरीक्षक लक्ष्मीरुद्र रावल र पीडित परिवारका वडा नं ५ धनमल विक गम्भीर घाइते भएको जानकारी दिएका छन् । घाइते विकको अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

घाइतेहरू दुवै जनाको टाउकोमा गहिरो चोट लागेका कारण अहिले उनिहरूको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । घाइते दुवै जनालाई हेलिकोप्टरमार्फत उद्धारको तयारी भइरहेको छ । प्रहरीका अनुसार बुढाले २०७९ असोज ३१ गते गाउँकै एक दलित महिलामाथि बलात्कार गरेका थिए ।

पीडित परिवारले कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थियो । जिल्ला अदालत कालीकोटले २०७९ कार्तिक १४ गते पक्राउ पुर्जी नै जारी गरेको थियो । त्यसयता फरार रहेका बुढा आफ्नै घरमा लुकिछिपी बसेको भन्ने गोप्य सूचनाका आधारमा सोमबार बिहान ४ बजे उनलाई पक्राउ गर्न प्रहरी चौकी करदेवबाट चार जना प्रहरी टोली गएको थियो । प्रहरी पुग्दा घरमै सुतिरहेका बुढालाई प्रहरीले हत्कडी लगाएर जिल्लातर्फ ल्याउने क्रममा गाउँलेले आक्रमण गरेका थिए ।

स्थानीय मानिसहरू जम्मा भएर प्रहरी र पीडितमाथि आक्रमण गर्दा आरोपी बुढा हत्कडीसहित फरार भएका छन् । आरोपी बुढाको खोजी लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक यज्ञराज जोशीको टोली र नजिकका प्रहरी चौकीबाट थप टोली पलाँता खटाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ ।


प्रकाशित मिति: २५ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?