Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

बलात्कार आरोपितलाई पक्राउ गर्न जाँदा गाउँलेहरूले प्रहरीमाथि गरे आक्रमण


२५ वैशाख, कालीकोट । कालीकोट जिल्लाको पलाँता गाउँपालिका–६ सैनका ३१ वर्षीय शंङ्क बुढालाई पक्राउ गर्न गएको प्रहरी माथि गाउँलेले आक्रमण गरेका छन् । बलात्कारको आरोप लागेका फरार बुढालाई पक्राउ गर्न जाँदा गाउँले प्रहरी र पीडित परिवार माथि आक्रमण गरेका हुन्।

सोमबार बिहान साढे ६ बजेतिर बुढालाई प्रहरीले हत्कडी लगाएर सदरमुकाम मान्म ल्याउने क्रममा स्थानीयले प्रहरीसँगै पीडित महिलाका परिवारमाथि आक्रमण गरेका थिए । घटनास्थलमै पुगेका जिल्ला प्रहरी कार्यालय, कालीकोटका प्रहरी निरीक्षक यज्ञराज जोसिले गाउँलेहरूको आक्रमणबाट प्रहरी सहायक निरीक्षक लक्ष्मीरुद्र रावल र पीडित परिवारका वडा नं ५ धनमल विक गम्भीर घाइते भएको जानकारी दिएका छन् । घाइते विकको अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

घाइतेहरू दुवै जनाको टाउकोमा गहिरो चोट लागेका कारण अहिले उनिहरूको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । घाइते दुवै जनालाई हेलिकोप्टरमार्फत उद्धारको तयारी भइरहेको छ । प्रहरीका अनुसार बुढाले २०७९ असोज ३१ गते गाउँकै एक दलित महिलामाथि बलात्कार गरेका थिए ।

पीडित परिवारले कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थियो । जिल्ला अदालत कालीकोटले २०७९ कार्तिक १४ गते पक्राउ पुर्जी नै जारी गरेको थियो । त्यसयता फरार रहेका बुढा आफ्नै घरमा लुकिछिपी बसेको भन्ने गोप्य सूचनाका आधारमा सोमबार बिहान ४ बजे उनलाई पक्राउ गर्न प्रहरी चौकी करदेवबाट चार जना प्रहरी टोली गएको थियो । प्रहरी पुग्दा घरमै सुतिरहेका बुढालाई प्रहरीले हत्कडी लगाएर जिल्लातर्फ ल्याउने क्रममा गाउँलेले आक्रमण गरेका थिए ।

स्थानीय मानिसहरू जम्मा भएर प्रहरी र पीडितमाथि आक्रमण गर्दा आरोपी बुढा हत्कडीसहित फरार भएका छन् । आरोपी बुढाको खोजी लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक यज्ञराज जोशीको टोली र नजिकका प्रहरी चौकीबाट थप टोली पलाँता खटाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ ।


प्रकाशित मिति: २५ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?