Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

इन्टरनेशनल जर्नलिस्ट युनियनको उपाध्यक्षमा रोसन पुरी, सदस्यमा सविन धमला र दीपेन्द्र कुँवर चयन


काठमाडौँ। नेपाल पत्रकार महासंघका पूर्वमहासचिव तथा श्रमजीवी पत्रकारका अगुवा रोसन पुरी इंन्टरनेसनल जर्नलिस्ट युनियनको नयाँ कार्यसमितिमा उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

गत अक्टोबर ५ मा सम्पन्न अधिवेशनले चिलीका पत्रकार फेलिपे भिला प्रादोको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो । सो अधिवेशनमा प्रादो अध्यक्ष चयन भएका छन् । उक्त नयाँ नेतृत्वमा रोसन पुरी उपाध्यक्षका रूपमा चयन भएका छन् । नेपालको पत्रकारिता क्षेत्रका लागि अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय उपलब्धि मानिएको छ । पुरीसँगै अन्य उपाध्यक्षहरूमा मेक्सिकोका हेक्तोर पार्रा गोंजालेज, पुएर्ता रिकोका नेल्सन डेल कास्तियो, तथा महिला प्रतिनिधित्वका लागि श्रीलंकाकी दुलाशी डरमासेना चयन भएका हुन् ।

कार्यसमिति सदस्यहरूमा नेपालबाट सविन धमला र दीपेन्द्र कुँवर, चिलीबाट जेमी भिडारोएल, मेक्सिकोबाट रेने वेगा गिल्स, चेक गणराज्यबाट रोमन बास्को र पाकिस्तानबाट अदिल शाहिद चयन भएका छन् । कार्यसमितिमा पाकिस्तानका जेड. ए. मुहम्मद महासचिव, श्रीलंकाका सुदेवा हेतियाराच्ची र चेक गणराज्यका मार्टिन कालोस सहमहासचिव, चेक गणराज्यकी डेनीसा पेत्रिलाकोवा कोषाध्यक्ष तथा पोल्यान्डका मारेक ट्राच्जिक कार्यसमिति अध्यक्ष बनेका छन् ।

इन्टरनेसनल जर्नालिस्ट युनियन विश्वका पत्रकारहरूको साझा छाता संगठन हो । जसले श्रम, प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाका पक्षमा काम गर्दै आएको छ । सन् १९२६ मा प्रान्सको पेरिसमा स्थापना भएको यस संगठन हाल विश्वका १४० भन्दा बढि देशमा फैलिएको छ । यस संगठनमा विश्वभरिबाट करिव ६ लाख पत्रकारहरु सदस्यहरु रहेका छन् ।


प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?