Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

इन्टरनेशनल जर्नलिस्ट युनियनको उपाध्यक्षमा रोसन पुरी, सदस्यमा सविन धमला र दीपेन्द्र कुँवर चयन


काठमाडौँ। नेपाल पत्रकार महासंघका पूर्वमहासचिव तथा श्रमजीवी पत्रकारका अगुवा रोसन पुरी इंन्टरनेसनल जर्नलिस्ट युनियनको नयाँ कार्यसमितिमा उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

गत अक्टोबर ५ मा सम्पन्न अधिवेशनले चिलीका पत्रकार फेलिपे भिला प्रादोको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो । सो अधिवेशनमा प्रादो अध्यक्ष चयन भएका छन् । उक्त नयाँ नेतृत्वमा रोसन पुरी उपाध्यक्षका रूपमा चयन भएका छन् । नेपालको पत्रकारिता क्षेत्रका लागि अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय उपलब्धि मानिएको छ । पुरीसँगै अन्य उपाध्यक्षहरूमा मेक्सिकोका हेक्तोर पार्रा गोंजालेज, पुएर्ता रिकोका नेल्सन डेल कास्तियो, तथा महिला प्रतिनिधित्वका लागि श्रीलंकाकी दुलाशी डरमासेना चयन भएका हुन् ।

कार्यसमिति सदस्यहरूमा नेपालबाट सविन धमला र दीपेन्द्र कुँवर, चिलीबाट जेमी भिडारोएल, मेक्सिकोबाट रेने वेगा गिल्स, चेक गणराज्यबाट रोमन बास्को र पाकिस्तानबाट अदिल शाहिद चयन भएका छन् । कार्यसमितिमा पाकिस्तानका जेड. ए. मुहम्मद महासचिव, श्रीलंकाका सुदेवा हेतियाराच्ची र चेक गणराज्यका मार्टिन कालोस सहमहासचिव, चेक गणराज्यकी डेनीसा पेत्रिलाकोवा कोषाध्यक्ष तथा पोल्यान्डका मारेक ट्राच्जिक कार्यसमिति अध्यक्ष बनेका छन् ।

इन्टरनेसनल जर्नालिस्ट युनियन विश्वका पत्रकारहरूको साझा छाता संगठन हो । जसले श्रम, प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाका पक्षमा काम गर्दै आएको छ । सन् १९२६ मा प्रान्सको पेरिसमा स्थापना भएको यस संगठन हाल विश्वका १४० भन्दा बढि देशमा फैलिएको छ । यस संगठनमा विश्वभरिबाट करिव ६ लाख पत्रकारहरु सदस्यहरु रहेका छन् ।


प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?