२० असार, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरका स्वास्थ्यकर्मीले आठ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् । वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखा र अन्य स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन् । नगरपालिकाअन्तर्गतका कर्मचारीले भने तलबभत्ता पाइरहेका छन् । तर स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेका स्थायी स्वास्थ्य कर्मचारी तलबबाट वञ्चित छन् । तलब नपाउँदा घर खर्च टार्नसमेत
२० असार, कञ्चनपुर । कञ्चनपुरमा दोहरो नागरिकता लिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–५ का ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार दुवै जनाविरुद्ध दोहोरो नागरिकतासम्बन्धी जाहेरी दर्ता भएपछि
२० असार, चितवन । नेपालमा क्यान्सर उपचारको क्षेत्रमा अग्रणी मानिएको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा तीन महिनादेखि कार्यकारी निर्देशक पद रिक्त हुँदा अस्पताल अस्तव्यस्त बन्दै गएको छ। बिरामीले पाउने नियमित सेवा र सुविधा घट्दै गएको छ। आर्थिक वर्षको मसान्तमा भुक्तानी र खरिदका काम रोकिएका छन्। तीन महिनादेखि कर्मचारीले तलब पाउन सकेका
२० असार, काठमाडाैँ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका आरोपीमाथि प्रहरीले किर्तेसँगै सङ्गठित अपराध कसुरमा पनि अनुसन्धान अघि बढाएको छ । यसअघि किर्ते कसुरमा अनुसन्धानका लागि म्याद लिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले आजदेखि भने सङ्गठित अपराध कसुरमा सात दिनको म्याद लिएर अनुसन्धान थालेको सिआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक
२० असार ,वीरगञ्ज । पर्साको वीरगञ्जस्थित पशुपति मन्दिरमा आजदेखि श्रावणी मेला सुरु भएको छ । मेलाको पहिलो दिन हिजो जलयात्रा गरेर मेलाको सुरुआत गरिएको छ । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले घडिअर्वा पोखरीमा पुगेर धार्मिक विधिबमोजिम पूजा गरी जल भरेर यात्राको सुरुआत गरेका थिए । घडिअर्वा पोखरीबाट जल भरेर निस्किएको
२० असार ,म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत भुरुङ्गखोलामा दुई हप्तामै बेलीब्रिज जडान गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा पर्ने भुरुङ्गखोलामा करिब रु ३५ लाखको लागतमा ३० मिटर लामो बेलीब्रिज जडान भएको बेनी–जोमसोम–कोरला सडक आयोजना प्रमुख जगत् प्रजापतिले बताए । सडकअन्तर्गत मुस्ताङको लेतेखोलाको
२० असार ,लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०/०८१ को बजेटप्रति असहमति जनाउँदै आएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बजेटमाथिको छलफलनै बहिष्कार गरेको छ । प्रदेशसभाको हिजोको दोस्रो बैठक सुरु हुने बित्तिकै एमाले प्रदेशसभा सदस्यहरूले उठेर विरोध जनाउँदै बैठक बहिष्कार गरेका हुन् । बजेटमाथि गम्भीर असहमति जनाउँदै प्रदेशसभामा
२० असार ,गलकोट । मध्यपहाडी पुष्पलाल लोकमार्गले छिचोलेको बागलुङमा पछिल्लो पाँच वर्षयता लोकमार्गमै आधा दर्जन मोटरेबल पुल थपिए । मोटरेबल पुल थपिएपछि बाह्रैमास सवारीसाधन चल्न पाउँदा यात्रुलाई सहज भएको छ । गलकोट नगरपालिका–११ रिघा र बडिगाड गाउँपालिकाको सिमानामा रहेको गिरीङ्दीखोला पुल बनेपछि छेउमै रहेको झोलुङ्गे पुलबाट वारपार गर्न छोडेका छन्
१९ असार ,विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि प्रभावकारी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् । आजदेखि कोशी प्रदेशमा सुरु भएको ट्राफिक सप्ताह २०८० को उद्घाटन कार्यक्रममा उनले बर्सेनि हुने सडक दुर्घटनाका कारण मुलुकले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको दृष्टान्त प्रस्तुत गरे
१९ असार ,लुम्बिनी । लुम्बिनी प्रदेशसभा बैठकले सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । प्रदेशसभामा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलका क्रममा विधेयक पारित भएको हो । प्रमुख प्रतिपक्ष दलको विरोधबीच आजको बैठकमा