Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

लुम्बिनी प्रदेशसभा : आर्थिक विधेयक पारित


१९ असार ,लुम्बिनी । लुम्बिनी प्रदेशसभा बैठकले सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

प्रदेशसभामा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलका क्रममा विधेयक पारित भएको हो । प्रमुख प्रतिपक्ष दलको विरोधबीच आजको बैठकमा सभामुख तुलाराम घर्तीले विधेयक सर्वसम्मत पारित भएको घोषणा गरे ।

प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक निर्णयार्थ पेश गर्ने क्रममा विपक्षी दलका सदस्यले विरोध जनाएका थिए ।

प्रदेशसभामा प्रतिपक्षी दलका सदस्य भोजप्रसाद श्रेष्ठले मुख्यमन्त्री र मन्त्रीहरू बजेटमाथिको छलफलबाट भागिरहेको बताए । प्रदेशसभामा महत्त्वपूर्ण विषयमा छलफल भइरहँदा मुख्यमन्त्री भने प्रदेशसभामा उपस्थित नभएको भन्दै श्रेष्ठले मुख्यमन्त्रीलाई सदनमा उपस्थित हुन अनुरोध गरे ।

बैठकमा राष्ट्रिय जनमोर्चाकी प्रदेश सदस्य तारा थापा, नेकपा(एस)की भगवती अधिकारी, राप्रपाका सदस्य मीना श्रेष्ठ र नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य लोकीकुमारी विकलगायत बजेटमाथिको छलफलमा सहभागी भएका थिए ।

कांग्रेसका प्रदेशसभा सदस्य विकले समानुपातिक सांसदका लागि क्षेत्र विकास कार्यक्रममा विभेद गरिएको गुनासो गरिन् । वर्तमान गठबन्धन सरकारले यसअघिका महत्त्वपूर्ण आयोजनाका बजेट र प्रदेशसभा सदस्यले पेश गरेका अत्यावश्यक योजनासमेत कटौती गरेर बजेट ल्याएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले विरोध जनाउँदै आएको एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए ।

लुम्बिनी प्रदेश सरकारले असार १ गते प्रदेशसभामा अर्थमन्त्री धनबहादुर मास्कीले रु ४० अर्ब ४७ करोड ८९ लाखको बजेट प्रस्तुत गरेका थिए ।


प्रकाशित मिति: १९ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?