Trending
>>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

लुम्बिनी प्रदेशसभा : आर्थिक विधेयक पारित


१९ असार ,लुम्बिनी । लुम्बिनी प्रदेशसभा बैठकले सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

प्रदेशसभामा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलका क्रममा विधेयक पारित भएको हो । प्रमुख प्रतिपक्ष दलको विरोधबीच आजको बैठकमा सभामुख तुलाराम घर्तीले विधेयक सर्वसम्मत पारित भएको घोषणा गरे ।

प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक निर्णयार्थ पेश गर्ने क्रममा विपक्षी दलका सदस्यले विरोध जनाएका थिए ।

प्रदेशसभामा प्रतिपक्षी दलका सदस्य भोजप्रसाद श्रेष्ठले मुख्यमन्त्री र मन्त्रीहरू बजेटमाथिको छलफलबाट भागिरहेको बताए । प्रदेशसभामा महत्त्वपूर्ण विषयमा छलफल भइरहँदा मुख्यमन्त्री भने प्रदेशसभामा उपस्थित नभएको भन्दै श्रेष्ठले मुख्यमन्त्रीलाई सदनमा उपस्थित हुन अनुरोध गरे ।

बैठकमा राष्ट्रिय जनमोर्चाकी प्रदेश सदस्य तारा थापा, नेकपा(एस)की भगवती अधिकारी, राप्रपाका सदस्य मीना श्रेष्ठ र नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य लोकीकुमारी विकलगायत बजेटमाथिको छलफलमा सहभागी भएका थिए ।

कांग्रेसका प्रदेशसभा सदस्य विकले समानुपातिक सांसदका लागि क्षेत्र विकास कार्यक्रममा विभेद गरिएको गुनासो गरिन् । वर्तमान गठबन्धन सरकारले यसअघिका महत्त्वपूर्ण आयोजनाका बजेट र प्रदेशसभा सदस्यले पेश गरेका अत्यावश्यक योजनासमेत कटौती गरेर बजेट ल्याएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले विरोध जनाउँदै आएको एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए ।

लुम्बिनी प्रदेश सरकारले असार १ गते प्रदेशसभामा अर्थमन्त्री धनबहादुर मास्कीले रु ४० अर्ब ४७ करोड ८९ लाखको बजेट प्रस्तुत गरेका थिए ।


प्रकाशित मिति: १९ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?