Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

पशुपति मन्दिरमा श्रावणी मेला सुरु


२० असार ,वीरगञ्ज । पर्साको वीरगञ्जस्थित पशुपति मन्दिरमा आजदेखि श्रावणी मेला सुरु भएको छ ।

मेलाको पहिलो दिन हिजो जलयात्रा गरेर मेलाको सुरुआत गरिएको छ । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले घडिअर्वा पोखरीमा पुगेर धार्मिक विधिबमोजिम पूजा गरी जल भरेर यात्राको सुरुआत गरेका थिए ।

घडिअर्वा पोखरीबाट जल भरेर निस्किएको यात्रा नगर परिक्रमापछि मन्दिरमा पुगेर समापन भएसँगै मेला सुरु भएको थियो ।

वीरगञ्ज महानगरपालिका र विश्व हिन्दू परिषद्को संयुक्त आयोजनामा पहिलो पटक जलयात्रा सुरु गरिएको हो । जल यात्राको सुरुआत गर्दै महानगर प्रमुख सिंहले वीरगञ्जलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको गन्तव्य बनाउन महानगर लागिरहेको बताए ।


प्रकाशित मिति: २० असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?