Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार


२० असार ,लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०/०८१ को बजेटप्रति असहमति जनाउँदै आएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बजेटमाथिको छलफलनै बहिष्कार गरेको छ ।

प्रदेशसभाको हिजोको दोस्रो बैठक सुरु हुने बित्तिकै एमाले प्रदेशसभा सदस्यहरूले उठेर विरोध जनाउँदै बैठक बहिष्कार गरेका हुन् । बजेटमाथि गम्भीर असहमति जनाउँदै प्रदेशसभामा एमाले प्रमुख सचेतक तुल्सीप्रसाद चौधरीले बजेट किताबसमेत च्यातेर विरोध जनाएका थिए ।

प्रदेशसभा बैठक चलिरहँदा नाराबाजी गर्दै एमालेका प्रदेशसभा सदस्यले बैठक बहिष्कार गरेर बाहिरिएका थिए । बैठक बहिष्कारपछि एमाले संसदीय दलले पत्रकार सम्मेलन गर्दै यथास्थितिमा बस्ने बैठकमा भाग नलिने जनाएको छ । प्रदेशसभा संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा निर्देशनालय खारेजी फिर्ता र क्रमागत योजनामा बजेट नराखेसम्म चुप नबस्ने बताएको छ ।

विगतको सरकारले सञ्चालन गरेका बहुवर्षीय तथा गौरवका योजनालाई अलपत्र पार्ने उद्देश्यका साथ अतिन्यून बजेट विनियोजन गरेको पनि एमालेले बताएको छ ।

प्रमुख प्रतिपक्ष संसदीय दलका नेता लीला गिरीले सरकारले संवाद गर्नै नचाहेको, विपक्षी दलले उठाएका जायज मागलाई पूर्वाग्राही ढङ्गले हेरेको भन्दै आपत्ति जनाए । यस्तै प्रदेशसभा बैठकमा बोल्ने प्रदेशसभा सदस्यले एमालेले बजेट किताब च्यातेर संसदीय मर्यादा उल्लङ्घन गरेको टिप्पणी गरेका थिए ।

नेपाली कांग्रेसकी सचेतक निमा गिरीले बजेट किताब च्यातेर नाराबाजी गर्नु संसदीय मर्यादाविपरीतको कार्य भएको टिप्पणी गरे । बैठकमा सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मन्त्रालयका विभिन्न शीर्षक छलफलमा प्रदेशसभा सदस्यले बोल्ने क्रम सकिएको छ ।


प्रकाशित मिति: २० असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?