Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
२ फाल्गुन २०८२, शनिबार
२ फाल्गुन २०८२, शनिबार

प्रदेश समाचार


अवैध मलसहित ट्रक प्रहरी नियन्त्रणमा

२७ जेठ, पाल्पा । प्रहरीले अबैध मलसहित ट्रकलाई नियन्त्रणमा लिएको छ । जिल्लाको रम्भा गाउँपालिका –१ हुँगीमा अवैधानिक युरिया मलसहित ट्रकलाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भारतको जनउर्वरक परियोजना भारत लेखिएको बिल भर्पाइ र पास नभएको ३७२ बोरा युरिया मल प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार

पानीको जोहो गर्न दुई घण्टा

२७ जेठ, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–३ पाल्पाली डाँडाका स्थानीयले खानेपानीको जोहो गर्न दुई घण्टा बिताउने गरेका छन् । गल्याङ बजारबाट पाल्पाली डाँडा करिब तीन सय मिटर दूरीमा पर्दछ । यहाँका अधिकांशले ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरेहका छन् । भालेको डाँकोसँगै उठेर बिहान ९–१० बजेसम्म सबैको समय पानीको खोजीमा बित्छ ।

घर भाडामा छुट दिन व्यवसायीको माग

२७ जेठ, चितवन । चितवनका व्यवसायीले २० प्रतिशतसम्म घर भाडामा छुट दिन माग गरेका छन् । नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनले आर्थिक मन्दीबाट व्यवसाय धराशयी अवस्थामा पुगेको भन्दै हाल तिर्दै आएको घर भाडादरमा २० प्रतिशत छुट दिन अनुरोध गरेको हो । मञ्चले शुक्रबार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक मन्दीको असर

गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी बढ्दै

२७ जेठ, बाँके । अत्यधिक गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । गर्मी बढेसँगै यहाँका भेरी अस्पताल, राँझास्थित सर्पदंश उपचार केन्द्र र शम्शेरगञ्जस्थित सर्पदंश उपचार केन्द्रमा पछिल्लो समय सर्पदंशको उपचारका लागि आउने बिरामी बढ्न थालेका हुन् । दैलेखका माधव आचार्यलाई कोहलपुरमा वैशाख ३१ गते करेट नाम गरेको सर्पले टोकपछि

समपूरक अनुदानमार्फत झापासहित कोशीका सात सडकको स्तरोन्नति

२७ जेठ, झापा । झापाको सुरुङ्गादेखि भारतको सीमा नाका डिगल बैंकसम्म २४ किलोमिटर सडकको स्तरोन्नतिका लागि रु १९ करोड बजेट विनियोजन गरिएको छ । समपूरक अनुदानतर्फ कोशी प्रदेश सरकारमार्फत निर्माण गरिने सडकका लागि नेपाल सरकार राष्ट्रिय योजना आयोगले सडकको स्तरोन्नतिका लागि सो रकम विनियोजन गरेको हो । क्रमागत योजनामा राखेर आर्थिक

महाकाली किनारमा शव फेला

२७ जेठ, बैतडी । बैतडीमा महाकाली किनारमा आज एक पुरूषको शव फेला परेको छ । शिवनाथ गाउँपालिका–२ खैरेनी नजिक महाकाली नदी किनारमा पहिचान हुन नसकेको एक पुरूषको शव फेला परेको  हो । स्थानीय बासिन्दाले शव देखेपछ प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । प्रहरी

२३ परिवारलाई पुर्जा वितरण

२७ जेठ, झापा । चुलाचुली गाउँपालिकामा रहेका २३ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको छ । भूमि आयोगद्वारा लाजपुर्जा गाउँपालिकाका भूमिहीन परिवारलाई वितरण गरिएको हो । लामो समयदेखि काम थालिएको भए पनि विभिन्न प्रक्रिया पूरा भएपछि जग्गा वितरण गरिएको हो । जग्गाको धनीपुर्जा पाएपछि उनीहरु खुसी भएका छन् । जग्गाविहीनहरुले अबमात्र आफूहरु बस्दै

पूजा कोठामा श्रीमान-श्रीमती झुण्डिएको अवस्थामा फेला

२७ जेठ, हेटाैँडा । मकवानपुरको हेटौँडामा वृद्ध दम्पती मृत फेला परेका छन् । हेटौँडा उपमहानगरपालिका–१  चाइना गेटका ७८ वर्षीय  कृष्णप्रसाद दाहाल र उहाँकी श्रीमती ७४ वर्षीया  नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका  प्रहरी नायव उपरीक्षक  टेकबहादुर कार्कीका अनुसार दुवैजना गए राति तीन तले पक्की घरको

साढे चार लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माण गरिँदै

२७ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र नेपाल खानेपानी संस्थानले ठूलो क्षमताको पानी ट्याङ्की निर्माण गर्न लागेको छ । बढ्दो गर्मीका कारण चापाकललगायतका खानेपानीका मुहानमा पानी आउन छाडेपछि खानेपानी संस्थानले साढे चार लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माण गर्न लागेको हो । महानगरपालिकाको वडा नं १६ स्थित नगवामा निर्माण हुन लागेको

नेपालले भारतीय पर्यटक आकर्षित गर्नुपर्छ: उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री पाल

२७ जेठ, एजेन्सी । भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री जगदम्बिका पालले नेपालले भारतीय पर्यटक आकर्षित गर्ने नयाँ योजना तथा कार्यक्रम बनाउनुपर्ने सुझाव दिएका छन् । उनले नेपालमा धार्मिक, सांस्कृतिक तथा प्रकृतिका क्षेत्रमा अद्वितीय पर्यटनको सम्भावना रहेको उल्लेख गर्दै यसतर्फ लक्षित कार्यक्रमबाट भारतीय पर्यटक नेपालतर्फ आकर्षित हुने धारणा राखे । बिहीबार बुटवल

सम्वन्धित समाचारहरु