Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

अवैध मलसहित ट्रक प्रहरी नियन्त्रणमा


२७ जेठ, पाल्पा । प्रहरीले अबैध मलसहित ट्रकलाई नियन्त्रणमा लिएको छ । जिल्लाको रम्भा गाउँपालिका –१ हुँगीमा अवैधानिक युरिया मलसहित ट्रकलाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भारतको जनउर्वरक परियोजना भारत लेखिएको बिल भर्पाइ र पास नभएको ३७२ बोरा युरिया मल प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार सो ट्रकमा १६ हजार ७४० केजी युरिया मल रहेको छ ।

शनिबार बिहान नवलपरासीबाट पाल्पा आउँदैगरेको ट्रकमा हुँगी प्रहरी खानतलासीको क्रममा लु. २ ख. ३८१ नम्बरको ट्रकलाई चेकजाँच गर्दा सो ट्रकमा अवैध मल भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

युरिया मल, ट्रकसहित चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको थापाले बताए ।


प्रकाशित मिति: २७ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?