Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

अवैध मलसहित ट्रक प्रहरी नियन्त्रणमा


२७ जेठ, पाल्पा । प्रहरीले अबैध मलसहित ट्रकलाई नियन्त्रणमा लिएको छ । जिल्लाको रम्भा गाउँपालिका –१ हुँगीमा अवैधानिक युरिया मलसहित ट्रकलाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भारतको जनउर्वरक परियोजना भारत लेखिएको बिल भर्पाइ र पास नभएको ३७२ बोरा युरिया मल प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार सो ट्रकमा १६ हजार ७४० केजी युरिया मल रहेको छ ।

शनिबार बिहान नवलपरासीबाट पाल्पा आउँदैगरेको ट्रकमा हुँगी प्रहरी खानतलासीको क्रममा लु. २ ख. ३८१ नम्बरको ट्रकलाई चेकजाँच गर्दा सो ट्रकमा अवैध मल भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

युरिया मल, ट्रकसहित चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको थापाले बताए ।


प्रकाशित मिति: २७ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?