Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

समपूरक अनुदानमार्फत झापासहित कोशीका सात सडकको स्तरोन्नति


२७ जेठ, झापा । झापाको सुरुङ्गादेखि भारतको सीमा नाका डिगल बैंकसम्म २४ किलोमिटर सडकको स्तरोन्नतिका लागि रु १९ करोड बजेट विनियोजन गरिएको छ । समपूरक अनुदानतर्फ कोशी प्रदेश सरकारमार्फत निर्माण गरिने सडकका लागि नेपाल सरकार राष्ट्रिय योजना आयोगले सडकको स्तरोन्नतिका लागि सो रकम विनियोजन गरेको हो ।

क्रमागत योजनामा राखेर आर्थिक वर्ष २०८०÷८१ मा सो सडकलाई स्तरोन्नति गर्न बजेट विनियोजन गरिएको छ । सडक दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । नालासहित ५० फिट चौडाइ रहने सडकको स्तरोन्नतिका लागि यसअघि तत्कालीन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शिलान्यास गर्नुभएको थियो । दुई चरणमा निर्माण गरिने सडकको अहिले स्तरोन्नति कार्य जारी छ ।

पहिलो खण्ड झन्डै आठ किलोमिटरको सडकको स्तरोन्नति भएको छ । सो सडकको स्तरोन्नति कनकाई आशिष जेभी र दोस्रो खण्ड १८ किलोमिटर सडकको स्तरोन्नतिका लागि  तुँदी–रोशन–मैनाचुली जेभीले तीन वर्षभित्रमा काम सक्ने गरी सम्झौता गरेको थियो ।

झापाको पुरानो सदरमुकाम झापा बजार जोड्ने अमरपथ सडकखण्ड निर्माण सम्पन्न भएसँगै कुमरखोद नाका हुँदै भारतीय बजार दिघल बैंकसम्मको आवागमन सहज हुने विश्वास गरिएको छ ।

यता प्रदेश सरकारअन्तर्गत भद्रपुर–ज्यामिरगढी, धुलाबारी, गुर्जाबस्ती, मागुरमाडी, शान्तिनगर–इरौटार सडकको स्तरोन्नति गरिने भएको छ । सडक स्तरोन्नतिका लागि रु ४० करोड बजेट विनियोजन गरिएको छ ।

कोशी प्रदेशअन्तर्गत निर्माण सम्पन्न हुने सात आयोजनामध्ये दुई आयोजना झापाका हुन् । अन्य पाँच आयोजना धनकुटा र भोजपुरमा दुई÷दुई रहेका छन् भने इलाममा एउटा आयोजना रहेको छ ।

भोजपुरमा सञ्चालन हुने आयोजनामध्ये मैनामैनी–हसनपुर–चुहार सडकको स्तरोन्नतिका लागि रु १२ करोड र तुर्केपुल–झ्याउपोखरी–साङपाङ हुँदै फालिदोबाटो सडकको स्तरोन्नतिका लागि रु १५ करोड बजेट विनियोजन गरिएको छ ।

धनकुटामा सञ्चालन हुने आयोजनामा हिले–उत्तरपानी–छिन्ताङ–अदुवा–त्रिवेणी सडकको स्तरोन्नतिका लागि रु १२ करोड र बिहीबारे–हटिया–कर्मिटार–बञ्चरे–ताङ्वुवा–तेलिया–परेवादिन–शुत्रलबारे सडकको स्तरोन्नतिका लागि रु पाँच करोड बजेट विनियोजन गरिएको हो ।


प्रकाशित मिति: २७ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?