Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

साढे चार लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माण गरिँदै


२७ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र नेपाल खानेपानी संस्थानले ठूलो क्षमताको पानी ट्याङ्की निर्माण गर्न लागेको छ । बढ्दो गर्मीका कारण चापाकललगायतका खानेपानीका मुहानमा पानी आउन छाडेपछि खानेपानी संस्थानले साढे चार लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माण गर्न लागेको हो ।

महानगरपालिकाको वडा नं १६ स्थित नगवामा निर्माण हुन लागेको खानेपानी पानी ट्याङ्कीको आज जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादव र नगर प्रमुख राजेशमान सिंहले संयुक्तरुपमा शिलान्यास गरे । सो पानी ट्याङ्कीले वडा नम्बर १५ र १६ का लगभग ४५ हजार घरधुरी लाभान्वित हुने नेपाल खानेपानी संस्थानका प्रमुख निरन महर्जनले जानकारी दिए ।

निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका जसपाका प्रमुख सचेतक यादवले पानी ट्याङ्की निर्माणले वडावासीले भोगिरहेको खानेपानीको समस्या समाधान हुने विश्वास व्यक्त गरे । पछिल्लो समय जलवायु परिवर्तन र बढ्दै गएको तापक्रमका कारण जमिनमुनिको पानीको सतह घट्दै जाँदा चापाकलमा समेत पानी आउन छाडेपछि वर्तमान मागलाई सम्बोधन गर्न पानीट्याङ्की निर्माणको काम सुरु गरिएको उनले बताए ।

जलवायु परिवर्तन र विभिन्न कारणले जमिनमुनि रहेको पानीको सतह तल झर्दै गइरहेको उल्लेख गर्दै उनले रुख रोप्ने र घरघरमै ‘वाटर रिचार्ज’ को उपाय अपनाउनुपर्नेमा जोड दिए । नगर प्रमुख सिंहले तराई–मधेसका क्षेत्रमा देखिएको पानीको समस्या गम्भीर भएको बताए ।

उनले महानगरभित्र देखिएको खानेपानीको समस्या समाधानका लागि नेपाल खानेपानी संस्थानसँग मिलेर महानगरका विभिन्न वडामा चार हजार धारा निःशुल्करुपमा जडान गर्न लागिएको जानकारी दिए । महानगरपालिकाले नेपाल खानेपानी संस्थानसँग समन्वय गरेर चार हजार घरधुरीमा निःशुल्क धारा जडान गरिने नगर प्रमुख सिंहको भनाइ थियो । सङ्घीय सरकारको सहयोगमा नेपाल खानेपानी संस्थानले वीरगञ्ज जलापूर्ति परियोजनाअन्तर्गत कूल लागत रु ५३ करोड ३२ लाख २४ हजार दुई सय २० को लागतमा सो पानीट्याङ्की निर्माण गर्न लागिएको खानेपानी संस्थानका प्रमुख महर्जनले बताए । परियोजना दुई वर्षमा सम्पन्न हुने लक्ष्य लिइएको छ ।

दुई सातादेखि बढ्दो गर्मीका कारण सतहको पानी तल झर्दै गएर चापाकलमा पानी आउन छाडेपछि पर्साको ग्रामीण क्षेत्रमा खानेपानीको हाहाकार हुँदै गएको छ । पर्साको वीरगञ्ज महानगरपालिकाका ग्रामीण क्षेत्रसहित दुई दर्जन गाउँमा खानेपनीको सङ्कट बढ्दै गएको स्थानीयले बताएका छन् ।


प्रकाशित मिति: २७ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?