Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

२३ परिवारलाई पुर्जा वितरण


२७ जेठ, झापा । चुलाचुली गाउँपालिकामा रहेका २३ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको छ । भूमि आयोगद्वारा लाजपुर्जा गाउँपालिकाका भूमिहीन परिवारलाई वितरण गरिएको हो ।

लामो समयदेखि काम थालिएको भए पनि विभिन्न प्रक्रिया पूरा भएपछि जग्गा वितरण गरिएको हो । जग्गाको धनीपुर्जा पाएपछि उनीहरु खुसी भएका छन् । जग्गाविहीनहरुले अबमात्र आफूहरु बस्दै आएको जग्गा आफ्नो नाममा भएको भन्दै खुसी जनाएका छन् ।

सो गाउँपालिकासहित अन्य पालिकामा अझै पनि भूमिहीन रहेका भूमि आयोगका अध्यक्ष भक्त केसीको भनाइ छ । उनले योसँगै जिल्लामा रहेका सुकुम्वासीलाई पुर्जा वितरण प्रक्रियाको थालनी भएको बताए ।

अन्य भूमिहीनले समेत तत्काल आफूहरुलाई समेत जग्गाको धनीपुर्र्जा दिन आग्रह गरेका छन् । गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले भूमिहीनको समस्या समाधानका सङ्घीय र प्रदेश सरकार लाग्नुपर्नेमा जोड दिए । उनले स्थानीय तहले गर्नुपर्ने कामका लागि आफूहरु तयार रहेको पनि बताए ।


प्रकाशित मिति: २७ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?